बिहिबार , साउन २१, २०७८

“सुन साइली” गीतका गायक हेमन्त रानाले प्रेमिकासँग गरे विवाह ।

जेठ ७, २०७८ शुक्रबार 436

काठमाडौं : ‘सुन साइली’ गीतका गायक हेमन्त रानाले विवाह गरेका छन् । गायक रानाले अमेरिकामा आफ्नो प्रेमिका माया अधिकारीसँग क्रि’श्चियन परम्प’रा अनुसार विवाह गरेका हुन् ।

गायक राना र माया अधिकारीले साढे वर्षदेखिको प्रेम सम्बन्धलाई वि’वाहमा परि’णत गरेका हुन् । गायक राना र माया अधिकारीले आ–आफ्नो परिवारको सहमतिमै वि’वाह गरेका हुन् ।

गौरव पहाडी र मेनुका प्रधान फचर्ड ‘सुन साइँली’ गीत गाएपछि च’र्चामा आएका गायक राना केही वर्षदेखि अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका छन् । गायक रानाका ‘सुन साइँली, तिमी छौं र पो, दुबो फुल्यो, लैजा रे’लगायत गीतहरु च’र्चित छन् ।

ताराको शब्द तथा राजेशको आवाजमा ‘आधा लैजाऊ तिमी माया’ रिलिज ।(भिडियो)

काठमाडौं : साहित्यकार तारा लिम्बू पछिल्ला दिनमा साहित्य सिर्जनामा ब्यस्त छिन् । हरेक साता विभिन्न सञ्चारमाध्यममा नयाँ–नयाँ आफ्ना सिर्जनाहरु प्रकाशित गर्दै आइरहेकी साहित्यकार ताराको नयाँ गीत ‘आधा लैजाऊ तिमी, माया’को भिडियो सार्वजनिक भएको छ ।

साहित्यको क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी गीतकार ताराको नयाँ गीतमा लोकप्रिय गायक राजेश पायल राइको स्वर रहेको छ । सार्वजनिक गीतमा कम्पोज तथा एरेन्ज सबिन लिम्बूको रहेको छ ।

गीतको भिडियोमा अमित सुब्बा र क्रिन्चा राईको अभिनय देख्न सकिन्छ । भिडियोको छायाङ्कन बेलायतका रमणीय स्थानहरुमा गरिएको छ । जसको निर्देशन लोकप्रिय सञ्चारकर्मी कुशल श्रेष्ठले गरेका छन ।

सार्वजनिक भिडियोमा निर्देशक श्रेष्ठकै छायांकन तथा सम्पादन रहेको छ । भिडियोमा प्रेम र रोमान्सका रोमान्टिक दृश्यहरुलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । जसमा आफ्नी मायालुलाई फकाउन प्रेमीले भावी जीवनका सपनाहरु देखाएका छन् ।

प्रेम र रोमान्सले भरिएको गीतको भिडियो बजारमा ल्याएसँगै गीतकार तारा प्रफु’ल्लित छिन् । उनले आगामी दिनमा पनि यस्तै सिर्जनालाई निरन्तरता दिने बताइन् । सार्वजनिक भिडियोमा कोरियो’ग्राफी तथा मेकअप दिपिका श्रेष्ठको रहेको छ ।

प्रतिकृया दिनुहोस्