२०७८ कार्तिक ८ सोमबार

नेपालबाट विदेश फर्कने विदेशी नागरिकले विमानस्थलबाटै भिसा नियमित गर्न सक्ने ।

काठमाडौं : को’रोना भाइ’रसको महामा’रीका बीच अ’ध्यागमन विभागले आजबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेको छ । यसअघि विभागले कार्यालय समय घटाएर काम गरिरहेको थियो ।

विभागका अनुसार यो अवधिमा नेपालमा अ’लपत्र परेका विदेशीको प्रस्थान सह’जीकरण सम्बन्धी कार्य भने नियमित हुनेछ । अध्यागमन विभागको स्थान हदमा रहेका, का’रागार तथा अन्य नि’कायबाट जिम्मा लगाइएको विदेशीको निष्का’शन

सम्बन्धी काम समेत नियमित हुनेछ । नेपालमा जन्म भई विदेशी राहदानी प्राप्त गरेका नाबालक यसै अवधिमा विदेश प्रस्थान गर्ने भएमा निजलाई प्रदान गरिने प्रवेश भिसा सम्बन्धित काम समेत निरन्तर रहने भएको छ ।

यस अवधिमा नेपाल बाहिर प्रस्थान गर्ने विदेशीको हकमा प्रस्थानको समयमा अध्यागमन का’र्यालय त्रिभुवन विमानस्थल
बाटै भिसा नियमित हुने भएको छ । नेपालमै रहेका विदेशीले अध्यागम’नसम्बन्धी सेवा लिन परेमा भने नि’षेधाज्ञा खुलेको

१ सातासम्म बीना कुनै शुल्क तथा जरिवाना सेवा लिन सक्ने भएका छन् । यसबीचमा अत्यावश्यक परि भिसा नियमित गर्नुपर्ने, पदयात्रा अनुमति लिनु परे वा अन्य सेवा लिनु पर्ने विभागका सम्पर्क गर्न समेत सेवाग्राहीसँग विभागले आग्रह गरेको छ । -साझा सबाल

२०७८ जेष्ठ ८, शनिबार ०२:०७ गते 1 Minute 589 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार