२०७८ आश्विन ६ बुधबार

सांसद योगेश भट्टराईले माधव नेपालको साथ छोडे, आजबाट ओली क्याम्पमा फर्किए ।

काठमाडौं : नेकपा (एमाले) का प्रभा’वशाली नेता तथा सांसद योगेश कुमार भट्टराईले अन्ततः माधव कुमार नेपालको साथ छोडेका छन् ।

लामो समयदेखि नेता नेपालको पक्षमा रहँदै आएका नेता भट्टराईले आज नेता नेपालले चालेको कदमलाई साथ दिएनन् ।
नेपालसहित उनी पक्षधर २६ जना सांसदहरुले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई

प्रधानमन्त्री बनाउनको लागि हस्ताक्षर गरेका थिए । यसमा सांसद भट्टराईले भने हस्ताक्षर गरेनन् । यसअघि नेपाल पक्षमा २८ जना सांसद उभिएका थिए । उनीहरु बैशाख २७ गते प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने दिन संसद् बैठकमा अनुपस्थित् भएका थिए ।

योगेश भन्छन् : सही गरें कि गलत, ईतिहासको क’ठोर मुल्याङ्कनमा खडा छु !

तर, प्रधानमन्त्री ओली धारा ७६ को ३ अनुसार प्रधानमन्त्रीमा नियुक्त भए । हिजोमात्रै प्रधानमन्त्रीको सिफारिशमा रा’ष्टपति विद्यादेवी भण्डारीले आज साँझ ५ बजेसम्म धारा ७६ को ५ अनुसार सरकार गठनको लागि आह्वान गरेकी थिईन् ।

सोहीअनुसार कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्षक १४९ सांसदहरुको हस्ताक्षरसहित उनीहरु शितलनिवास पुगेका हुन् । प्रधानमन्त्रीमा ओली र देउवाको मात्रै दा’बी प्रस्तुत भएको छ ।

यता, नेपालको साथ छोडेको कुरा नेता भट्टराईले सामाजिक सञ्जालमार्फत संकेत गरेका छन् । उनले आफूले एमालेको एकताको लागि नै आज देउवाको पक्षमा हस्ताक्षर नगरेको स्पष्ट पारेका छन् । र, आफ्नो राजनीति जीवनमा आजको दिन

सबैभन्दा क’ठोर भएको भन्दै आफू ईति’हासको मूल्यांकनमा खडा भएको पनि उनको भनाई । यसअघि पहिलोपटक मन्त्री बन्दा योगेश संसदीय समितिको बैठकमा नेता नेपालबाट बधाई लिँदै गर्दा भा’वुक बनेका थिए । र, खुशीको आँशु झारेका थिए । उनी नेपालकै कोटाबाट मन्त्री बनेका थिए । -रिपोर्टस नेपाल

२०७८ जेष्ठ ८, शनिबार ०७:०६ गते 1 Minute 772 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार