२०७८ कार्तिक १ सोमबार

भोलि तीन लाख मानिस काठमाडौंमा उतार्ने झलनाथको दाबी…हेर्नुहोस।

काठमाडौं । संसद् वि,घटन, संवैधानिक, भूमिसम्बन्धी आयोगमा नियुक्तिलगायत प्रधानमन्त्रीका कदमवि,रूद्ध नेकपाको प्रचण्ड-माधव नेपाल समूहले माघ २८ गते (भोलि) शक्ति प्रदर्शनको तयारी गरेको छ । त्यसका लागि जु,लुस निस्कने पाँच स्थानको कमान्डर पनि नेकपा प्रचण्ड-नेपाल समूहले तोकिसकेको छ । अहिले काठमाडौंमा मार्चपासलगायत प्रचारलाई तीव्र बनाइएको छ ।

नेकपाका वरिष्ठ नेता झलनाथ खनालले तीन लाख बढी नागरिक काठमाडौंमा उतार्ने र निर्णायक संघर्षको उद्घोष गर्ने तयारी भएको बताए । आज प्रचण्ड-नेपाल समूहको सचिवालयको बैठक पनि बसेको थियो । बैठकमा तयारीबारे ब्रिफिङ भएको र उपत्यकाका ‘रैथाने’हरू पनि आ,न्दोलनमा उत्रने खनालले जानकारी दिए ।

यसअघि पुस १४ र माघ ९ गतेको सभामा उपत्यकाका बासिन्दाको उल्लेख्य साथ नपाएको चर्चा भएको थियो । “यसपटक उपत्यकाका बासिन्दा पनि प्रदर्शनमा आउने रिपोर्टिङ भएको छ,” खनालले भने, “ओली सरकारवि,रुद्ध उपत्यकावासी भित्रभित्रै आ,न्दोलित छन् । यसपटक सडकमै आउने बुझेका छौँ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ २२ को आमसभामा ठूलो ठाउँ खोज्दै जाँदा नारायणहिटी अघिल्तिर पुगेको बताएका थिए । प्रधानमन्त्रीले नेकपा ओली पक्षलाई काठमाडौंका सभास्थलहरू साँघुरो भएको बताएका थिए ।

खनालले ओलीको सभा इतिहासकै ठूलो भएर विशेषण झुन्ड्याइनु हास्यास्पद भएको बताए । र, भोलिको सभाले देखाउने पनि उनले जि,किर गरे । उपत्यकाको ठूलो ठाउँ पर्यटन बोर्डको अघिल्तिरको सडक नै रहेको निष्कर्ष निकाल्दै त्यहीँ सभा गर्ने उनले बताए ।

२०७७ माघ २७, मंगलवार १९:२६ गते 1 Minute 183 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार