२०७८ आश्विन ६ बुधबार

स्वयम्भूका बाँदर र कुकुर भो’कभो’कै म’र्ने स्थितिमा

काठमाडौं : मानिसहरुको आवागमन नभएपछि स्वयम्भूका बाँदर तथा कुकुरहरू भो’कभो’कै म’र्ने स्थितिमा पुगेका छन् । निषेधा’ज्ञापछि मानिसहरुको आवागमन घ’ट्नुको साथै सर्वसाधारणलाई प्रवेश नि’षेध गरिएका कारण त्यहाँका

जनावरहरूले पनि खानेकुरा नपाएर समस्यमा परेका हुन् ।
मानिसहरूकाे चहलपहल हुँदा बाँदर तथा कुकुरहरूले खानेकुरा पाउने गर्थे । तर निषे’धाज्ञापछि खानेकुरा नपाएर बाँदर तथा कुकुरहरू बिरा’मी र कम’जोर भएको स्वयम्भू गेटमा चौ’किदारी गर्दै आएका एक युवकले बताउनुभयो ।

उहाँले बिहान-बिहान आउने केहीले बाँदर र कुकुरको दयनीय अवस्था देखेर खानेकुरा दिनु भनेर प्रदान गर्ने सानाेतिनाे पैसाले बिस्कुट किनेर दिँदै आएको उहाँकाे भनाइ छ । सामान्य खानेकुराहरु दिँदै गर्दा पनि केही बाँदरहरू भने बिरा’मी परिरहेको उहाँले सुनाउनुभयो।

विगतमा मानिसहरुको भी’डभाड हुने भएकाले कोही न कोहीले केही न केही खानेकुरा दिने गरेको तर अहिले त्यो अवस्था नरहेकोले बाँदर र कुकुर भो’कमा\रीको च\पेटामा परेको उहाँकाे भनाइ छ ।

उहाँले भन्नुभयो, ‘अहिले यहाँका बाँदर र कुकुरहरू अत्यन्तै भोकमरीको चपेटामा छन् । बिहान-बिहान मर्नि’ङवाकमा आउने केहीले बादरलाई खानेकुरा किनेर दिनु भनेर पैसा दिन्छन् । त्यही पैसाले बिस्कुट किनेर दिँदैछौं । तर पनि केही बाँदर, कुकुर बिरामीजस्तै देखिएका छन् । पहिले पहिले त विदेशीहरू आएर धेरैधेरै खानेकुरा दिन्थे, अहिले त्यो अवस्था पनि छैन ।’

काठमाडौं शहरको बीचमा पर्ने स्वयम्भूमा सानो क्षेत्रफलमा सामान्य जंगल मात्रै छ । सो जंगलमा बाँदरका लागि खाने आहार खासै छैनन् । उता कुकुरका लागि भने जंगलमा खाने कुरा पाउने नै भएन । उनीहरुलाई बाँच्नका लागि मानिसहरुकै भर पर्छ । स्वयम्भूका बाँदर तथा कुकुरलाई पानी पिउन पनि समस्या परेको छ ।

त्यहाँ प्रायः घुमन्तेहरुले दिएकै कुरा खाएको सहारामा बाँचिरहेका कुकुर र बाँदरलाई डाँडादेखि केही मुनि रहेको पानीको धारा र प्ला’ष्टर गरेको दहमै पस्नुपर्ने अवस्था रहेको छ ।

केही बाँदरहरु भित्र पस्न नसकेर बेलाबेला आउने धाराको टुटीमा झु’ण्डिरहेका देखिन्थे । चौ’कीदार युवकका अनुसार ती बाँदरहरु त्यही आएर पानी खाने गर्छन् । कुकुरलाई भने आफैँले भाँडाेमा पानी राखिदिनुपर्छ ।

स्थानीयको घरघरमा बाँदर

स्वयम्भूको डाँडामा खानेकुरा नपाएका बाँदरहरु स्थानीयको घरघरमा पस्न थालेका छन् । स्वयम्भू डाडाँको फेदीतिरका घरहरुमा बाँदरहरु खानेकुरा खोज्दै आउन थालेको स्थानीयको भनाइ छ ।

कहिल्यै नआउने बाँदरहरु पनि निषे’धाज्ञापछि घरघरमा आएर डुल्न थालेको स्थानीहबासी बताउहुनुहन्छ । स्थानीय एक वृद्धले भन्नुभयो, ‘सधैँ आउदैनथे बाँदर । अहिले नि’षेधाज्ञापछि आउन थालेका छन् । घरघरमा पस्नसमेत भ्याउँछन् । हामीले माया लागेर केही खानेकुराहरु दिने गरेका छौँ ।’

पशुपतिमा पनि उस्तै

नेपालकै प्रतिष्ठित र प्रसि’द्ध मन्दिर पशुपतिनाथ क्षेत्रमा रहेका बाँदर ताथ कुकुरहरु पनि भोकमरीको चपेटामा परेका छन् । सामान्य अवस्थामा दैनिक भीड लागिरहने दर्शनार्थी र घुमन्तेहरुले विभिन्न खालका खानेकुराहरु दिने गरेका थिए । तर निषे’धाज्ञाका कारण मानिसकाे प्रवेश शुन्य भएकाले पशुपतिका बाँदर र कुकुरहरुलाई भो’कमरी लागेको हाे ।

जुनसुकै मानिस पनि त्यस् क्षेत्रमा पस्दा खानेकुरा दिने आशमा बाँदरहरू नजिकै आउने गर्दछन् । सडकमा फालिएका चाउचाउ लगायत खाेनकुराका प्याकेट’मा केही खानेकुरा बाँकी छ कि भन्दै उनीहरुले खाेस्रने गर्छन् ।

बाँदरहरु पनि भोकले फोहो’र फाल्ने डस्ट’बिनहरु खोतल्दै पहिल्याउँदै फालिएका फ्रु’टी तथा प्लाष्टि’कहरु बोकेर हिँडिरहेको पाइएको छ । छेवैमा को’रोना भाइ’रसबाट नि’धन भएका मानिसहरुको श’व जलाइरहेको दृश्य देखिन्छ भने वरिपरि बाँदरहरुलाई भोकले च्यापेको महसुस गर्न सकिन्छ । न्युज २४ नेपाल तस्बिर : महेश्वर केसि

२०७८ जेष्ठ ९, आईतवार १७:५३ गते 1 Minute 409 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार