शनिबार , जेठ २९, २०७८

हार्दिक बधाई ! नेपालमा आज एकैदिन ७ हजार ६६४ जना को’रोनामुक्त भएर घर फर्किए ।

जेठ ९, २०७८ आइतबार 431

काठमाडौं : २४ घण्टामा देशभर ७ हजार ५९८ जनामा को’रोना संक्र’मण पु’ष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार विभिन्न जिल्लामा

गरिएको १८ हजार ९६५ पीसीआर प’रीक्षणमा ७ हजार ५९८ जनामा को’रोना पु’ष्टि भएको हो ।यस्तै २४ घण्टामा ७ हजार ६६४ जना को’रोना सं’क्रमणमुक्त भएका छन् ।नेपालमा सक्रिय सं’क्रमितको संख्या १ लाख १५ हजार ५४७ पुगेको छ । देशभर थप १९३ जनाको को’रोनाबाट मृ’त्यु भएको छ ।

यता : हेटौंडा अस्प’तालमै अक्सिजन उत्पादन,,मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठाद्वारा सञ्चालित हेटौंडा अस्पतालमा आजदेखि अक्सिजन उत्पादन शुरु भएको छ । दैनिक १०० बढी सिलिन्डर अक्सिजन खपत हुने हेटौंडा अस्पतालमा अक्सिजन अभावका कारण समस्या उत्पन्न भएपछि हेटौंडा उपमहानगरले तत्काललाई दैनिक १५ वटा सिलिन्डर भर्न मिल्ने अक्सिजन प्लान्ट निर्माण गरेको हो ।

यसबाहेक दैनिक १५० सिलिन्डर अक्सिजन उत्पादन हुने प्लान्ट आगामी असार पहिलो सातासम्म निर्माण सम्पन्न गर्ने गरी उद्योग सङ्घ, हेटौंडाले निर्माण प्रक्रिया थालिसकेको छ । हाललाई काठमाण्डौँका लागि भारतबाट ल्याइएको अक्सिजन

‘ उपमहानगरपालिकाको समन्वयमा हेटौंडा अस्पतालमा जडान गरिएको हो । “अक्सिजन प्लान्ट ल्याउने व्यवसायीको खरिद मूल्य उपमहानगरपालिकाले दिने र काठमाडौँको लागि अर्को व्यवस्था गर्ने सहमतिमा अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको हो”, हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले भने ।

अक्सिजन नपाएरै अस्पतालमा उपचाररत बिरामीको ज्यान जाने अवस्था उत्पन्न भएपछि हतारहतार प्लान्ट जडान गरिएको र आजदेखि उत्पादन शुरु भएको उहाँको भनाइ छ । अक्सिजन प्लान्ट जडान गर्नका लागि उपमहानगरपालिकाका कर्मचारी, काठमाडौँबाट आएका प्राविधिकले ४८ घण्टा दिनरात काम गरेको उनले बताए ।

प्रदेश दुईका जिल्लाहरूबाट समेत उपचारका लागि बिरामीहरू आउने भएका कारण अस्पतालले अक्सिजनको अभाव व्योहोर्नुपरेपछि उपमहानगरपालिकाले इटहरी र नुवाकोटबाट दिनहुँ अक्सिजन ढुवानी गर्दै आएको छ । साथै हेटौंडाको गौरी टारमा आइसोलेशन र गोरक्षश्वरमा स्वाब सङ्कलनको कामसमेत उपमहानगरले गर्दै आएको छ ।

अहिले हेटौंडा अस्पतालमा आइ’सियु र भेन्टि’लेटरसहित ५४ जना को’रोना सङ्क्र’मणका बिरामीको उपचार भइरहेको छ । अस्पतालका सबै बिरामीलाई अक्सिजन दिएर उपचार भइरहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार तथा अस्पताल विकास समितिका अध्यक्ष राजेश प्रसाईंले बताए ।

प्रतिकृया दिनुहोस्