२०७८ आश्विन २ शनिबार

मनछुने लाईनहरु – बरु एक्लै हिडिन्छ तर झुटा साथ देखाउने साथीसंग हिडिन्न ।

१. त्यो मान्छेलाई एकदिन उसैको घमण्डले बर्बाद गर्छ जसले कहिल्यै आफ्नो गल्ती देख्दैन ।
२. समय र साथ दुबै एकै हो जो जब समय परिवर्तन हुँदै जान्छ मान्छेको साथ पनि परिवर्तन हुँदै जान्छ ।

३. यदि माया नै सबैभन्दा ठूलो कुरा भैदिएको भए कोहिपनि आफ्नो प्यारो मान्छेलाइ छाडेर टाढा हुने थिएनन् ।
४. निकै खुसी देख्छु तिमिलाइ आजभोली सायद त्यो अनुहारमा खुसी ल्याइदिने कोहि भएर होला ।

५. दुखेको मन भिजेको परेली अधेरी रात अनि कसैको याद बस यसरी नै बित्दैछ जिन्दगी ।
६. आफ्नो चित्त बुझाउन जस्तो अरुको चित्त बुझाउन कहाँ सजिलो हुन्छ र ?

७. संघर्ष बिनाको जिन्दगी कहाँ सजिलो छ र एउटा ढुङ्गालाई मुर्ती बन्न त हथौड़ाको हजारौं चोट खानु पर्छ ।

८. बगैंचामा फुलेको फुललाइ सोध्नुस सुख दुखमा कसरी साथ दिने भनेर जसले विवाहको मन्डप देखि मसान घाट सम्म तपाइलाइ छोड्दैन ।
९. सम्बन्ध जोडेर पो के काम भयो र त्यो सम्बन्धलाई निभाउने खुबी नै नभएपछि ।

१०. बरु एक्लै हिडिन्छ तर झुटा साथ देखाउने साथीसंग हिडिन्न ।
११. कसैको मन जित्नु नै छ भने प्रेमले जित घमण्डले त पाउने होइन गुमाउने मात्र हो ।
१२. अब त तिम्रो याद यति प्यारो भइसक्यो कि मैले त एक्लोपन महशुस गर्न पनि छाडिसके । -इन्फोलिन्क

२०७८ जेष्ठ १०, सोमबार ०५:३१ गते 1 Minute 347 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार