बिहिबार , साउन २१, २०७८

खुसिको खबर ! नेपालले स्कटल्याण्ड र नामिबियासँग स्पेनमा त्रिकोणात्मक शिरिज खेल्ने, कहिले ?

जेठ १०, २०७८ सोमबार 337

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप लिग-२ अन्तर्गत हुने नेपालले खेल्ने नेपाल, स्कटल्याण्ड र नाबिमियाबीचको त्रिकोणात्मक सिरिज स्कटल्याण्ड बाहिर स्पेनमा हुने सम्भावना बढेको छ ।

कोरो’ना असरका कारण शिरिज स्पेनमा हुने सम्भावना बढेको नेपाल क्रिकेट संघ ( क्यान ) का अध्यक्ष चतुरबहादुर चन्दलाई उदृत गर्दै ‘हाम्रो खेलकुद डट कम’ ले बताएको छ ।

उनका अनुसार यो सिरिज जुलाईको तेस्रो साता स्पनेमा हुनेछ । एक सातामा स्पनेमा सिरिज खेल्ने/नखेल्ने टुंगो लाग्नसक्ने समेत अध्यक्ष चन्दले बताए । ‘स्कटल्यान्डमा हुने सिरिज जुलाई तेस्रो साता स्पेनमा हुने सम्भावना उच्च छ ।हामीले पनि आफ्नो तर्फबाट आइसिसी र स्कटल्यान्डलाई सबै समस्या राखेका छौं ।

चन्दले त्यसैमा थपे, ‘हाम्रो समस्या भनेको ट्राभल, क्वारेनटाइन समय, खेलाडी सङ्ख्या र अभ्यासको समय हो, एक हप्तामा उताबाट सबै निर्णय आउने आशा राखेका छौं । फाइनल केहि पनि भएको छैन ।’ चन्दले भने ।

सन् २०१९ देखि सुरू भएको विश्वकप लिग-२ सिरिजअन्तर्गत नेपालले हालसम्म एउटा मात्र श्रृंखला मात्र खेलेको छ । नेपालले २०२० मा ओमान र अमेरिकासँग सिरिज खेलेको थियो ।

सो त्रिकोणात्मक सिरिजमा नेपालले ओमानसँग हार्दा अमेरिकासँगको दुवै खेलमा भने जित हासिल गरेको थियो । आइसिसी विश्वकप लिग–२ एकदिवसिय त्रिकोणात्मक सिरिज २०२३ फेब्रुअरी सम्म चल्ने छ । अहिले नेपाल ४ खेलमा २ मा जित र २ मा हार सहित ४ अंकका साथ छैटौं स्थानमा छ । -ताजा खबर टिभि

प्रतिकृया दिनुहोस्