२०७८ आश्विन ४ सोमबार

चार्टर्डको खेल रोकी उडान नियमित गर्न एसोसिएसनको माग !

काठमाडौं : नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनले कोभि’ड– १९ को दास्रो लहर नि’यन्त्रण गर्न भन्दा विदेशी नागरिकलाई वैदेशिक रोजगारीको प्रबन्धमा लागेको भन्दै सरकारको आलोच’ना गरेको छ ।

नेपालमा निषेधा’ज्ञाको अवधिमा भारतबाट वैदेशिक रोजगारीका लागि साउदी अरब जान आएकाहरूलाई चार्टर्ड फ्लाइटको अनुमति दिएको समाचार सार्वजनिक भएकोप्रति एसोसियसनको गम्भीर ध्यानाकर्षण भएको महासचिव भवानी निरौलाले बताए ।

बुधबार एक विज्ञप्ति जारी गर्दै महासचिव निरौलाले नेपाल सरकारले जेष्ठ १३ गतेसम्म निषेधाज्ञा जारी गरेको र सोही अवधिसम्म भारतबाट सातामा दुई वटा उडान बाहेक सम्पूर्ण नियमित हवाइ सेवा बन्द गरेको अवस्थामा चार्टर्ड फ्लाइट’हरुलाई अनुमति दिने निर्णयलाई ट्राभल एजेन्टहरुले दुरुप’योग गरी

भारतीय नागरिकहरूलाई वैदेशिक रोजगार पठाउनु नेपाली कामदारको हित विपरी’त रहेको बताएका छन् । एसोसिसनले चार्टर्ड फ्लाइट गराएर महामारीको जोखिम बढाउने र टिकटको

मूल्यमा भइरहेको ब्रह्मलुट रोकी स्वास्थ्य सम्बन्धी आवश्यक सतर्कता अपनाएर नेपाली कामदारहरुलाई पहिलो प्राथमि”कतामा राखी उडान सञ्चालन गर्नु आवश्यक रहेको बताएको छ ।
काठमाडौंमा निषेधाज्ञा लागू हुनुभन्दा अगाडिदेखि नै नेपाल आएर बसिरहेका भारतीय कामदारहरुको सरकारसँग कुनै

आं’काडा नभएको र आहिले पनि रातारात स्थलमार्ग र सातामा दुई वटा भैरहेका बबल उडानहरुबाट समेत वैदेशिक रोजगारीमा साउदी अरब जान भारतीय कामदारहरु आइरहेको सार्वजनिक भएको भन्दै विज्ञप्तिमा महासचिव निरौलाले साउदी सरकारले भारतीय कामदारहरुलाई सिधा उडानमा प्रतिबन्ध गरेको र दोस्रो मुलकमा कम्तिमा १४ दिनको क्वारे’न्टिन पश्चात मात्र

आफ्नो देशमा प्रवेश दिने नियम बनाएसँगै नेपालका केही ट्राभल एजेन्सीहरुले चार्टर्ड फ्लाइटको धन्दा चलाइरहेकाले त्यसलाई नियन्त्र’ण गरिनुपर्ने माग समेत गरेका छन् ।
छुट्टी पाएका, करार अवधि सकिएका नेपाली कामदारहरु घर फर्किने आशमा दूतावासका दैलो ढुकेर बसेको, ठूलो संख्यामा शवहरू विदेशमै रहेको, भिसा लागेर अन्य प्रक्रिया पूरा

भएरसमेत उड्न नपाएका लाखौं नेपाली उडानको प्रतिक्षामा रहेको भन्दै विज्ञप्तिमा महासचिव निरौलाले २५ देखि ३० हजारमा पाइने जहाज टिकटको मुल्य ४ गुणासम्मले बढेको तर्फ सरकारको कुनै चासो नदेखिनु तर अर्को देशले सामान्य अनुरोध गरेकै भरमा जो’खिम बढाउने कार्यमा अ\ग्रसर हुनु चिन्ताको विषय भएको उल्लेख गरेका छन् ।

२०७८ जेष्ठ १०, सोमबार १५:३२ गते 1 Minute 692 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार