२०७८ आश्विन ५ मंगलवार

रबि लामिछाने भन्नुहुन्छ : जनता बचाउन मात्रै हस्पिटल संग सहकार्य गरेको हुँ ।

काठमाडौ : थोरै लामो तर महत्वपूर्ण भनाइ र अपडेट:
जनमैत्री अस्पताल सँगको नाता फेरि स्पष्ट पार्छु। झन्डै झन्डै बन्द जस्तै अवस्था रहेको यो अस्पताल प¥र्याप्त अक्सिजन र केही सामान्य ब्यवस्थापकीय स्रोत साधनको अभावमा थियो।

अस्पताल संचालकहरुको होस्टेमा,हैंसे मिलाउदै हामीले मुलतः अक्सिजन ब्यवस्थापनको जिम्मे’वारी लिएर यो म’हा’मा’रीमा अस्पताल पुर्ण रूपमा संचालन गर्न सघाउने प्रतिवद्द्ता गर्यौं।खर्च गर्न नसक्नेलाई निशुल्क उपचार हाम्रो एक मात्र प्रतिवद्दता हो।

सक्नेले चाहिँ तिर्नै पर्छ, सरकारी रेट भन्दा पनि कम, नसक्नेले कुनै पनि हालत तिर्नु पर्दैन।जसले जस्तो शिर्षकमा समाचार बनाएपनि मेरो कुरा यत्ती हो। बाँकी उ’प’चार प’द्ध’ति,बिरामीको अ’व’स्था,चिकित्सकिय ज’टि’लता जस्ता विषयमा हामीलाई केही थाहा हुदैन।अ’फ’वाहको पछी लाग्नु भन्दा पहिला ठुला अस्पतालहरुमा ८/१० दिन आइसियु, भेन्टिलेटरमा

बि’रा’मी राखेकाहरु सँग ती अस्पतालको बिल मागेर तुलना गर्नु होला। यद्यपि अस्पतालले ओभर चार्ज नगरोस् र गुणस्तरीय सेवा प्रदान गरोस् भन्ने हामी चाहन्छौ नै र त्यसकालागि आवश्यक पहल र ख’ब’रदारी गरि नै रहेका छौ।

केही क’म’जोरी भएको भए खबर पाउनासाथ ठिक गर्छौ/ गराउछौं।यो म’हा’मा’रीमा दुखले काम गरिरहेकाहरु लाई थप दु’ख नदिनु होला, पा’प लाग्छ। आफ्नो र आफ्नो परिवारको ज्यान जो’खि’म’मा राखेर काम गर्दा थोरै भए पनि प्रेरणा मिलोस् भन्ने को चाहदैन र?

मलाई त त्यसैपनि आ’लो’चना खेप्न बानी परेको छ तर यो म’हा’मा’रीमा अहोरात्र ख’टिएका स्वा’स्थ्यकर्मीहरुको मनोबल नगिराइदिनु होला। उहाँहरुको मुहारमा उदासी नछाओस् ,मेरो बिन्ति छ।

यो भन्दा बढी यो अ’स्पतालसँग मेरो चाहिँ सात पुस्ता सम्मको केही नाता छैन।स्थित सहज भए पछि ओयुटि, आउट। अब केही अपडेट:यतिबेला जनमैत्रीमा ३५ जना वार्डमा उ’पचाररत हुनु हुन्छ, आइसियु मा ७ जना हुनुहुन्छ ।

इ’म’र्जेन्सी, फिवर क्लिनिक हरेक दिन ब्यस्त देखिन्छ,यो २ हप्तामा २०० भन्दा बढीले सेवा प्राप्त गर्नु भयो होला । आजका मिति सम्म हामीले जनमैत्री अस्पतालमा भर्ना नै भएर उ’प’चा’र गराउनु भएका २० जना बिपन्न बिरामी को सम्पूर्ण खर्च बेहोरी सकेकाछौं (खाना देखि औषधि उपचार सम्म), थप बिरा’मीलाई

सहयोग गर्ने क्रम जारी छ, पिसिआर र आइसोलेसन सहायता लिनु हुनेहरुको विवरण पनि प्राप्त हुने क्रममा छ।हामीलाई सहयोग गर्ने र हामीले सहयोग गरेकाहरुको एक एक विवरणका लागि केही दिन अझै लाग्छ, कृपया धैर्य पुर्वक प्रतीक्षा गरिदिनु होला।अहिले त अति नै ब्यस्त छौं। स्थि’ति केही सहज भए पनि हाम्रो दौ’डादौड कायम नै छ।

यस विच टिचिङ हस्पिटल मा उ’प’चाररत आर्थिक अवस्था अत्यन्त ना’ज़ुक भएकि एक चेली लाई नगद सहयोग गरेका छौ।अक्सिजन प्राप्त गर्नकाललागीका साथीहरूको सहयोग निरन्तर रह्यो, र १७ नं वार्ड द्वारा संचालित आइशोलेशन सेन्टर सँग सहकार्य गर्न सकिन्छ कि भनेर त्यहा गयौं,

असाध्यै मेहनतका साथ आइशोलेशन सेन्टर बनाइएको रहेछ।हाम्रो तर्फ बाट अक्सिजन सिलिन्डर हस्तान्तरण गर्यौं,हाम्रो सम्पर्कमा आएका बिरामीलाई त्यहाँ राख्न पर्ने भए निशुल्क राख्न सकिने जानकारी उहाँहरु बाट पायौं, ले अस्पतालको क्यान्टिनलाई करिब १ महीना पुग्ने खाध्य सामग्री तथा केहि स्वास्थ्य

सामग्री बालाजु युथ समेतको सहकार्यमा अ’स्पताल लाई हस्तान्तरण गरेको छ।समाजसेवी ब्यक्तित्व दिव्यमणि राजभण्डारी ज्युलाई प्रोत्साहन र सहयोगका लागि आभार व्यक्त गर्दछु ,श’हिद मेमोरीयल अ’स्पताल कलंकिमा उपचाररत बिपन्न बि’रामी को आफन्तलाई सहयोग गर्यौं, काठमाडौ बाहिरका

विभिन्न अ|स्पताल र स्वा’स्थ्य सं’स्थाहरुकालागि स्वा’स्थ्य सामग्री उपलब्ध गरायौं, जनमैत्री अ’स्पताल र हाम्रो आफ्नै रास्कोट अस्पतालको लागि ५० ओटा अक्सिजन सिलिन्डर हामीले खरीद गर्यौं, दोलाखा चरीकोट अ’स्पतालमा

उ’प’चाररत बि’रामिलाई आर्थिक सहयोग गर्यौं, नेपाल भारत मैत्री अस्पताल चाबहिल मा उ’पचाररत आर्थिक सहयोग गर्यौं। भक्तपुर इंटरनेशनल अस्पताल मा उपचाररत बि’रामिलाई आर्थिक सहयोग गर्यौं। यो म’हा’मा’रीमा सकेको गर्छौ।चर्चित पत्रकार रबि लामिछानेको फेसबुक बाट,

२०७८ जेष्ठ १०, सोमबार १६:१२ गते 1 Minute 610 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार