२०७८ कार्तिक ८ सोमबार

प्रधानमन्त्री ओलीवि’रुद्ध आक्रा-मक विप्लव, नागरिकता अध्यादेश फिर्ता लिन चेतावनी ।(विज्ञप्तीसहित)

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीले सरकारले नागरिकताजस्तो राष्टिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई नबुझेको र प’रामर्श पनि नलिएकोमा आपत्ति जनाएको छ ।

पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले आज एक विज्ञप्ती निकाल्दै हिजो राष्टपतिले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारि’शमा जारी गरेको नेपालको नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ प्रति आफ्नो पार्टीको ध्याना’कार्षण भएको बताएका छन् ।

विज्ञप्तीमा भनिएको छ-“नागरिकताजस्तो राष्टिय महत्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरुको व्यापक परा’मर्श लिन आवश्यक छ । त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्ता संक’ट टार्न, कुर्सी जोगाउन र

कसैलाई खुशी पार्नको लागि मात्र यस्ता निर्णय लिन्छन् भने त्यसको मूल्य सिंगो देशले चुकाउनुपर्ने हुन्छ । अतः हाम्रो पार्टी त्यस्ता राष्टियहितविपरित कार्य नहोउन्, त्यस्ता निर्णय खा’रेज गरिउन् भन्ने चेतावनी केपी ओली सरकारलाई दिन चाहन्छ ।’-रिपोर्टस नेपाल

२०७८ जेष्ठ १०, सोमबार २१:४३ गते 1 Minute 560 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार