२०७८ आश्विन ५ मंगलवार

बधाई ! नेपालमा एकै दिनमा ६४०४ जना को’रोनामुक्त ।

काठमाडौ : पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना संक्रमणमुक्त भएका छन् र पछिल्लो २४ घण्टामा ८ हजार ६३६ जना को’रोना भाइरसका संक्र’मित थपिएका छन्।
मंगलबार थपिएका सँगै कुल सक्रिय सं’क्रमितको संख्या १ लाख १७ हजार २६१ पुगेको छ।

२२ हजार ९३६ जनाको परी’क्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार ४०४ जना सं’क्रमणमुक्त भएका छन्। मंगलबार १६९ जनाको मृ’त्यु भएको छ। योसँगै नेपालमा को’रोना संक्रम’णबाट मृ’त्यु हुनेको संख्या ६ हजार ७०० पुगेको छ।

यस्तै
तारा आचार्य,
विराटनगर : प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले विपन्नका लागि ‘स्वास्थ्य कार्यक्रम’ ल्याइने बताउनुभएको छ । उहाँले विपन्न केन्द्रित गरेर उप’चार कोष निर्माणको तयारीमा सरकार लागेको बताउनुभयो ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका विषयमा मंगलबार अधिकारकर्मीको सुझाव लिदै उहाँले सो कुरा बताउनु भएको हो । उहाँले वि’पन्नलाई निःशुल्क स्वास्थ्य सेवा दिनेगरि प्रदेशवासीबाट सहयोग संकलन गरि उपचार कोष निर्माणको अवधारणा अघि सारिएको बताउनुभयो ।

यस अभियानमा प्रदेश १ का कुनैपनि नागरिक नछुटुन् भनेर न्यूनतम १० रुपैयाँदेखि अधिकतम जतिपनि कोषमा राख्न सकिने गरी अवधारणा तय गरिएको मन्त्री राईले बताउनुभयो । उहाँले सम्पन्न व्यक्तिहरु हेलिकप्टर चार्टर गरेर सुविधा सम्पन्न अस्पताल पुग्न सक्छन तर, गरिव जनता स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपरोस् भनेर सो अवधा’रणा ल्याइएको बताउनुभयो ।

उहाँले सहयोग गर्न सक्नेहरुले आफ्नो योगदान सजिलै हेर्न सकिने गरी सरकारले ‘एप्स’ निर्माण गर्ने र उपचार कोषमा गरिएको सहयोग पारदर्शी ढंगले राख्ने बताउनु भयो । मन्त्री राईले १४ वटै जिल्लामा सुविधा सम्पन्न अस्पताल निर्माण गर्ने गरि प्रदेश सरकारले योजना बनाइरहेको जानकारी दिनुभयो ।

कार्यक्रममा इन्सेक प्रदेश १ का प्रमुख सोमराज थापाले मानव अधिकारमैत्री नीति तथा कार्यक्रम ल्याउन सुझाव दिनुभयो । उहाँले महिला, बालबालिका, जेष्ठ नागरिक सम्बन्धीको ऐन निर्माणमा विशेष ध्यान दिन आग्रह गर्नुभयो ।

उहाँले सामाजिक विकास परिषद् गठनमा जोड समेत दिनुभयो । उपस्थित अधिकारकर्मीहरुले नीति तथा कार्यक्रममा सुझावसँगै कार्यान्वयनमा पनि ध्यान दिन आग्रह गर्नुभएको छ । उहाँहरुले सामाजिक क्षेत्रले उठाएका सवालहरुलाई सरकारले दीगोपना दिनुपर्ने जोड दिनुभयो ।

२०७८ जेष्ठ ११, मंगलवार २१:२७ गते 1 Minute 380 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार