शनिबार , जेठ २९, २०७८

उपत्यकाका सिडिओहरुले भने- ‘दुई दिनभित्र एक साता धान्ने खाद्यान्न किन्नुस् ।

जेठ १२, २०७८ बुधबार 229

काठमाडौं : उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले दुई दिन भित्र एक साताका लागि धान्ने खाद्यान्न सामग्री किनेर राख्न अनुरोध गरेको छ ।

मंगलबार बसेको काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ)बीच बसेको बैठकले एक साताका लागि निषेधाज्ञा थप गर्ने निर्णयसँगै उपत्यकाभित्र रहेकाहरुलाई एक साताका लागि धान्ने खाद्यान्न सामग्री किन्न आग्रह गरेको हो ।

एक साताका लागि बढाइएको निषेधाज्ञामा अबको दुई दिनपछि किराना पसल तथा डि’पार्टमेन्टल स्टोर खोल्न नपाइने निर्णय गरिएको छ । तर, सागस’ब्जी, मा’छामासु, दूधलगायत पसल बिहान ९ बजेसम्म खोल्न दिइएको छ ।

तर, बेलुकी भने तरकारी पसल पनि खोल्न नपाइने निर्णय भएको छ प्रशास’नले अति आवश्यक खाद्यान्न किन्नलाई समस्या हुने भएपछि उक्त दुई दिनका लागि समय दिएको छ ।

खाद्यान्नअन्तर्गत दाल, चामल, चिनी किन्न लाई दुई दिनको समय छुट्या’इएको छ । दैनिक किराना पसल तथा डिपा’र्टमेन्टमा मानिसहरूको भी’डले को’रोना सं’क्रमण बढ्न सक्ने भएकाले पूर्वतयारी अपनाइएको छ ।

यसैगरी बैंकमा भीड बढेको भन्दै प्रशासनले जिल्लामा शाखा बैंक एउटा र वाणि’ज्य बैंकको हकमा दुई वटा खोल्न अनुमति दिएको छ।

पत्रकारको हकमा सूचना विभागको कार्ड अनिवार्य गरिएको छ। सूचना विभागको कार्ड नहुनेका लागि भने मिडिया हाउसको सिफा’रिसमा प्रशासनको अनुमति चाहिने निर्णण् भएको छ ।

प्रतिकृया दिनुहोस्