आइतबार , साउन १०, २०७८

नेकपा फुटेकै छैन, अध्यक्ष मै हुँ, हस्ताक्षरपनि मेरै चल्छ : प्रधानमन्त्री ओली

माघ २८, २०७७ बुधबार 328

काठमाण्डौँ । प्रधानमन्त्री तथा विभाजित नेकपाका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको अवधिमा दलभित्रको वि,वादमा निर्वाचन आयोग प्रवेश गर्न नमिल्ने भन्दै पार्टीको आधिकारिक अध्यक्ष आफैं भएको प्रमाण आयोगसँगै रहेको बताएका छन् ।

वैशाखमा निर्धारित निर्वाचनको बारेमा छलफल गर्न मंगलबार आयोग पुगेका ओलीले निर्वाचन प्रयोजनका लागि दल दर्ताको कुरा निस्किएपछि पुस ५ अघि नेकपामा कुनै वि,वाद ननिस्किएकाले अब १२० दिनभित्र पार्टीभित्रका वि,वादमा आयोग पस्न नमिल्ने बताएका हुन् ।

ओलीको भनाइ उद्धृत गर्दै आयोग स्रोतले भन्यो– उपनिर्वाचन र राष्ट्रियसभाको निर्वाचनमा मैले एकल हस्ताक्षरमा उम्मेदवार सिफारिश गरेको थिएँ । म पार्टीको पहिलो अध्यक्ष हुँ । किन मेरो एकल हस्ताक्षर मान्य नहुने ? अहिले केही मान्छे बाहिरिएका छन् पार्टीबाट । बालुवाटारमा पुस ५ गते नेकपाको कुनै बैठक बसेको छैन, अध्यक्ष र महासचिवलाई जानकारी नभई बैठक कसरी बस्यो ? त्यसैले निर्वाचनको अवधिमा दलभित्रको वि,वादमा आयोग प्रवेश गर्न मिल्दैन ।

प्रधानमन्त्री तथा अध्यक्ष ओलीले २०७५ जेठ ३ गते नेकपा एकीकरण भएको र जेठ २३ गते निर्वाचन आयोगले सूचना जारी गरेको स्मरण गराउँदै आफू नेकपा संसदीय दलको नेताका है,सियतले प्रधानमन्त्री भएको बताए । उनले पुस ५ गते प्रतिनिधिसभा वि,घटन हुँदासम्म आफ्नो सो है,सियत कायमै रहेको बताएका थिए ।

ओलीले भनाइ थियो– मैले ६४ प्रतिशत मतको प्रतिनिधित्व गरेर प्रतिनिधिसभा वि,घटनको सिफरिश गरेको हुँ । त्यसपछि कसैले पार्टी छाडेको होला । निर्वाचनको अवधिमा दलभित्रको वि,वादमा आयोग प्रवेश गर्न मिल्दैन । ५ गते मैले सिफारिश गर्नुअघि त यस्ता कुनै कुरा थिएनन्, यो १२० दिनभित्र वि,वाद गर्न पाइँदैन ।

पार्टीमा आफ्नो बाहेक अरुको एकल हस्ताक्षर नचलेको भन्दै कहिलेकाहीं आफूसँगै पुष्पकमल दाहालको पनि हस्ताक्षर चलेको आयोगका पदाधिकारीलाई बताए । ओलीले आफूले पहिले नै केन्द्रीय कमिटी बैठक विस्तार गरेको र पछि अनुमोदन गरिएको जानकारी आयोगलाई दिएका छन् ।

प्रतिकृया दिनुहोस्