२०७८ आश्विन १३ बुधबार

बधाई ! सन्दीप लामिछाने फेरि बने मालामाल ! सिपिएलमा पाउँने भए यति मोटो रकम ।

काठमाडौं : नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने क्यारेवियन प्रिमियर लिग (सिपिएल) टि-२० क्रिकेट लिगका लागि डिफेन्डिङ च्याम्पियन ट्रिनबागो नाइटराइडर्समा अनुबन्ध भएका छन् ।

सन्दीपलाई सिजन २०२१ का लगि ट्रिन्बागो नाइट राइडर्सले टिममा भित्र्याएको हो। उनलाई ड्राफ्टमार्फत टिममा भित्र्याइएको सिपिएलले जनाएको छ। लगातार चौथो सिजन सिपिएल खेल्न लागेका सन्दीपले चार फरक-फरक टिमबाट लिग खेल्ने छन् ।

डिफेन्डिङ च्याम्पियन नाइट राइडर्सको कप्तानमा केइरन पोलार्ड छन्। टिममा दीनेश रामदिन, सुनील नारिन, कोलिन मुरनो, ड्यारेन ब्राभो, लेन्ड सिमोन्स, सिकन्दर राजा जस्ता चर्चित खेलाडी आबद्ध छन्। सन्दिपले सन् २०१८ मा पहिलो पटक सेन्ट किट्स एन्ड नेभिस पेट्रीयट्सबाट सिपिएल खेलेका थिए।

त्यसका लागि उनलाई पाँच हजार अमेरिकी डलर पारिश्रमिक दिइएको थियो। यस्तै दोस्रो पटक सन्दीपले सन् २०१९ मा बार्बाडोस ट्राइडेन्ट्सबाट सीपीएल खेले।

उनले गत वर्ष ७० हजार अमेरिकी डलर पारिश्रमिक प्राप्त गरे। गतबर्ष सन्दीपलाई जमैकाले ९० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो। जहाँ सन्दीपको किफायती बलिङको मद्दतमा जमैका सेमिफाइनलसम्म पुगेको थियो। सन्दीपले गत सिजन ११ खेलमा १२ विकेट लिएका थिए।

ट्रिनबागो नाइटराइर्सले यो शिजनको लागि सन्दिपलाई कति रकममा अनुबन्ध गरेको भनेर अहिलेसम्म खुलाएको त छैन तर गत शिजनमा ९० हजार अमेरिकी डलर प्राप्त गरेका सन्दीपले यो शिजनमा करिब ढेड करोड नेपाली रुपियाँ प्राप्त गर्ने आकलंन गर्न सकिन्छ ।

२०२१ को सिपिएल आगामी २८ अगस्ट देखि १९ सेप्टेम्बरसम्म सेन्ट किट्स एन्ड नेभिसमा हुने तय छ।.ट्रिनबागो नाइट राइडर्स टिम : काइरन पोलार्ड, सुनिल नारायण, ड्वेन ब्राभो, कोलिन मुनरो, लेन्डल सिमोन्स, सिकन्दर राजा, खरी पिएरे, एण्डरसन फिलिप, दिनेश राम्दीन, टायन वेब्स्टर, अकेल होसेन जेडन सिल्स, अलि खान -ताजा खबर टिभि

२०७८ जेष्ठ १३, बिहीबार १९:५३ गते 1 Minute 731 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार