२०७८ आश्विन ५ मंगलवार

कहिले खुल्छ नियमित अन्तर्राष्ट्रिय उडान ?

काठमाडौ : जेठ दोस्रो सातापछि सिमित गन्तव्यमा अन्तर्राष्ट्रिय उडान खोल्न नेपाल नागरिक उड्डयन प्राधि’करणले सिफारिस गरेको छ।

प्राधि’करणले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई उक्त सिफारिस गरेको हो। निषेधाज्ञा लागू भएपछि वैशाख २३ गतेदेखि बन्द भएको नियमित अन्तर्रा’ष्ट्रिय उडान फेरि खोल्नका लागि व्यवसायीहरुले माग गरेपछि प्राधिकरणले केही

गन्तव्यमा खोल्न सकिने निष्क’र्ष निकालेको हो। हिमाल आरो’हणका लागि नेपाल आएका विदेशी, वैदेशिक रोजगारमा जाने नेपालीहरुका लागि पनि चार्टर्ड उडानमा महंगो पर्ने भएकाले सिमित ठाउँमा सिमित उडानका लागि अनुमति दिन सकिने प्राधि’करणको नि’ष्कर्ष छ।

प्राधिकरणले जेठ १८ गतेपछि उडान खोल्न सकिने बताएको छ। यद्यपी को’रोना संक्र’मणको अवस्था र व्यवस्थापनको सम्भाव्यता हेरेर निर्णय लिनुपर्ने प्राधि’करणको धारणा छ।

कतार,साउदी अरब,चीन, मेलेसिया जस्ता गन्तव्यमा नियमित उडान गर्न खोल्नका लागि सिफारिस गरिएको प्राधि’करणका एक अधिकारीले जानकारी दिए। हाल भारतसँगमात्र हप्तामा दुई उडान भइरहेका छन्।

एयर बबल सम्झौता अन्तर्गत भारतमा भएको जस्तै उडान अरु देशमा गर्न सकिने र त्यसमा नेपाल एयर’लाइन्स र अर्को सम्बन्धित देशको एउटा एयरला’इन्सलाई अनुमति दिन सकिने प्राधि’करणले बताएको छ। यो समाचार आजको सेतोपाटीमा लेखिएको छ ।

२०७८ जेष्ठ १३, बिहीबार २३:१२ गते 1 Minute 3028 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार