२०७८ आश्विन ५ मंगलवार

डिआईजी गौतम भन्नुहुन्छ : श्रोत साधनकाे अभावबीच सीमामा कडाई गरेका छौं ।

वीरगञ्ज : सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआईजी) चन्द्रप्रकाश गौतमले सीमा क्षेत्रमा खटेका सशस्त्र प्रहरीको कार्यशैली सन्तोषजनक देखिएको बताउनु भएको छ ।

को’रोना संक्र’मण महामा’रीको कारण नेपाल भारत खुल्ला सिमाना बन्द रहेको अवस्थामा प्रदेश २ को ८ वटै जिल्लाको सीमा क्षेत्रमा अवैध आवा’गमन लगायत सशस्त्र प्रहरीले गरि रहेको कार्यको स्थलगत निरी’क्षण गर्ने क्रममा नायब महानिरीक्षक गौतमले सीमा क्षेत्रमा खटेको सशस्त्र प्रहरी

कर्मचारीहरुको कार्यशैली सन्तो’षजनक रहेको बताउनु भएको छ। नाकामा हेल्थ डेक्सको अवस्थाको बारेमा अनुगमन गर्न आएको भन्दै डिआईजी गौतमले हेल्थ डेक्समा खटिएका सशस्त्र प्रहरी कर्मचारीहरुले व्यवस्थित तरिकाले काम गरेको बताउनु भएको छ । मित्र राष्ट्रबाट नेपाल प्रवेश गर्ने नागरिकहरुलाई हातमुख धुन लगाउने, सेनेटाइज गर्ने, ज्वरो नाप्ने, ए’न्टिजेन परीक्षण गर्ने, ज्वरो न आएकोलाई हो’ल्डिङ्ग

सेन्टरमा राखेर सम्बन्धित गाउँपालिकामा पठाउन पहल गर्ने, यदि कसैको एन्टि’जेन परी’क्षणको क्रममा पो’जेटिभ देखिए सम्बन्धित अस्पतालसम्म पु-याउने काम सशस्त्र प्रहरीले गर्दै आएको भन्दै डिआईजी गौतमले यहाँ ख’टिएका स’शस्त्र

प्रहरी कर्मचारीहरुको कार्यशैली व्यवस्थित तरिकाले दुरुस्त गरेको पाइएको बताउनुभयो। नेपाल भारतको २ नम्बर प्रदेशमा पर्ने ४६७ किलोमिटर खुल्ला सिमानामा ७२ वटा बोर्डर आउट पोष्ट, ४९ वटा फरवार्ड अप’रेटिङ्ग बेस र त्यसभन्दा अगाडि ड्यु’टी पोष्ट राखेर सुरक्षा दिदै आएको सशस्त्र प्रहरीले अवैध रुपमा आवागमनलाई पूर्ण रुपमा नियन्त्र’ण गर्ने प्रयास गरिएको छ,

यदि विभिन्न ठाउँबाट अवैध तरिकाले कसैले आवागमन गरि रहेको छ भने तिनीहरुलाई समातेर क्वारेन्टा’इनमा समेत राख्ने गरिएको बताउनुभयो । सशस्त्र प्रहरीले सीमामा सशस्त्र प्रहरी नायब उपरीक्षक वा सशस्त्र प्रहरी निरीक्षकको ने_तृत्वमा स्क्वा’ड ट्या’क्टिकल टिम गठन गरेर शान्ति सुरक्षा र अवैध गतिविधि नियन्त्र’णको काम गरिरहेको डीआईजी गौतमले बताउनुभयो ।

उहाँले सीमित स्रोत साधनको उच्च’तम प्रयोग गरेर सीमा क्षेत्रमा क’डाइ गरिएको दाबी गरे । सर्वसा’धारणहरु चोर बाटो खोजेर आवत जावत गर्न खोज्छन्, त्यस्तोलाई नियन्त्र’णमा लिएर भारतीयलाई भारतर्फ नै फ’र्काउने गरेको उनको भनाई छ ।

२०७७ चैत २३ गते यता वीरगंज नाकामा १ हजार ९ सय ८८ जनाको एन्टि’जेन परीक्षण गर्दा १ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ । निषेधा’ज्ञामा पनि नाका हुँदै माछामासु, फलफूल, तरकारी र कोइला बोकेका १ सय ५० देखि २ सय वटा गाडी ओहो’रदोहोर गरिरहेका छन् ।

प्रदेश २ का आठ जिल्लामध्ये ७ वटामा पूर्ण र सप्तरीमा आंशिक निषेधाज्ञा छ । वीरगन्ज, रौतहटको गौर र महोत्तरीको भिठ्ठा’मोडबाट मात्रै सर्वसा’धारणलाई अत्यावश्यक कामका लागि आउन जान अनुमति दिइएको छ । -न्युज ट्वान्टी फो नेपाल

२०७८ जेष्ठ १४, शुक्रबार ००:४७ गते 1 Minute 531 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार