बिहिबार , साउन २१, २०७८

तीन देशको लागि अन्तर्राष्ट्रिय उडान खुला ।

जेठ १४, २०७८ शुक्रबार 1241

काठमाडौँ : नेपाल सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ ।

बिहिबार संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान खोल्न मन्त्रिपरिषदमा प्रस्ताव गरेको थियो । बिहीबार बसेको मन्त्रीपरिषदको बैठकले जुन १ (जेठ १८) देखि कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनका

कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको हो । हाललाई तीनै देशमा सातामा एउटा उडानमात्र खुला गरिएको छ । मन्त्रिपरिषदको वैठकले दुवै खोप लगाएका र पीसीआर नेगेटिभ भएका यात्रुलाई विमानस्थलबाटै १० दिन होम क्वारेन्टाइन बस्ने सर्तमा छाड्ने निर्णय समेत गरेको छ ।

एउटा खोप मात्र लगाएका तर पीसीआर नेगे’टिभ भएका यात्रुले तीन दिन काठमाडौंकै होटलमा आफ्नै खर्चमा क्वारे’न्टाइन बस्नु पर्नेछ ।

खोप नलगाएकाहरुले ७२ घण्टा भित्रको ने’गेटिभ रि’पोर्ट देखाएर नेपाल आउन पाउने तर १० दिन अनिवार्य आफ्नै खर्चमा होटल क्वा’रेन्टाइनमा बस्नुपर्ने छ ।

उड्डयन मन्त्रालयका अधिकारीहरुले यस अघिनै जेठ १८ गते देखि हवाई उडान खोल्ने गरि तयारी गरिएको बताएका थिए । उडान खोलेपनि सामान्य अवस्थामा झैँ धेरै उडानहरु भने नहुने बताइएको थियो ।

वैशाख १६ गतेदेखि निषे’धाज्ञा लगाएको सरकारले वैशाख २३ गते मध्यरातिदेखि भारतबाहेक सबै मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । -साझा सबाल

प्रतिकृया दिनुहोस्