२०७८ आश्विन ४ सोमबार

नेता केसि भन्नुहुन्छ : भारतले ओली सरकारको आयु थपीदिए , त्यस बापत ओलीले भारतीयलाई नागरिकता दिलाए !

काठमाडौँ : राष्ट्रिय जनमोर्चाले जेठ ९ गते राष्ट्रपतिद्वारा जारी ‘नेपालको नागरिकता पहिलो संशोधन अ’ध्यादेश, २०७८’ भारतको स्वार्थमा ल्याइएको दावी गर्दै उक्त अध्या’देश खारे’ज गर्न माग गरेको छ ।

नागरिकता प्राप्तिका लागि अध्यादेशद्वारा अगाडि सारिएका प्रावधान राष्ट्र’घा’ती रहेको भन्दै सो पार्टीले अध्यादेश खारे’जीको माग गरेको हो । सोमबार पार्टीका अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै उक्त अध्यादेशको दफा ३ को उपदफा ४ तथा ५ राष्ट्रियताका लागि निकै घा’तक रहेको जनाएका हुन् ।

दफा ३ को उपदफा ४ ले, ‘जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानले वंशजको नागरिकता’ प्राप्त गर्ने तथा उपदफा ५ ले, ‘बाबुको पहिचान हुन नसकेका नेपाली नागरिकका आमाका सन्तानलाई’ वंशजको नागरिकता दिने प्रावधानले देशको राष्ट्रि’यता तथा सार्वभौम’सत्ता र अखण्डतामा ग’म्भीर आँच पुग्ने राष्ट्रिय जनमो’र्चाको ठहर छ ।

हाम्रो पार्टीले शुरुदेखि नै जन्मको आधारमा नागरिकता वितरण गर्ने कार्यको विरोध गर्दै आएको छ,’ अध्यक्ष केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, जन्मको आधारमा लाखौँ गैर नेपालीले नागरिकता लिन सफल भएका कारण त्यसमा छानविन हुनुपर्ने र गैर नेपालीहरुले प्राप्त गरेका नेपाली नागरिकता खारेज हुनु

पर्ने माग राख्दै संविधानसभाभित्र पनि संघ’र्ष गरेका थियौं ।’जन्मको आधारमा नागरिकता प्राप्त गरेका सन्तानलाई वंशजको नागरिकता दिने संविधानको ‘कथि’त’ प्राव’धानलाई आधार बनाएर जारी गरिएको अध्या’देशलाई सही मान्न नसकिने पनि अध्यक्ष केसीले उल्लेख गरेका छन् । संविधान तथा अध्यादेशले २०७२ साल असोज ३ गतेभन्दा अगाडि जन्म भएका अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने सम्बन्धी गरेको व्यवस्था गलत रहेको जनमो’र्चाको जिकि’र छ ।

‘वि।सं। २०१९ र २०४६ साल चैत मसान्तलाई आधार वर्ष मानी जन्मका आधारमा दुई–दुई पटक नागरिकता वितरण गरिएकोमा लाखौँ गैर नेपालीले नेपाली नागरिकता लिन सफल भएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘अध्यादेशले गरेको व्यवस्था अनुसार २०७२ साल असोज ३ लाई तेस्रो पटक आधार वर्ष मानेर संविधान प्रा’रम्भ हुनुभन्दा अगाडि जन्मिएका अंगीकृत नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने व्यवस्था गरेको छ ।’

यसरी कुनै पनि मुलुकले तीन–तीन पटकसम्म आधार वर्ष बनाएर विदेशी नागरिकलाई आफ्नो मुलुकको नागरिकता वितरण गरेको नपाएको पनि जनमोर्चाको जिकिर छ । ‘तर नेपालमा आफ्नो सत्ता स्वार्थको संरक्षणका लागि नागरिकतालाई सत्तामा पुग्ने औजारका रुपमा प्रयोग गरेर राष्ट्रि’यताको सौ’दाबाजी गर्ने काम भइरहेको छ,’ विज्ञ’प्तिमा भनिएको छ,

‘जारी अध्यादेश खारेज नगरिएमा आप्रवासीहरुको जनसंख्याले नेपालको वास्तविक जनसंख्यालाई अतिक्रमण गर्ने छ ।’
वास्तविक नेपालीहरु आफ्नो मुलुकभित्रै अल्पमतमा पर्ने खतरा पैदा भएको उल्लेख गर्दै सो पार्टीले अध्यादेशको दफा को ३ को उपदफा ५ मा, नेपालको नागरिक आमाबाट नेपालमा जन्म भइ नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन

नसकेको व्यक्तिले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्ने प्रावधानले पनि विदेशी अझ मुख्यतया भारतीयका सन्तानले वंशजको आधारमा नागरिकता पाउने बाटो खोलिएको जनाएको छ । नेपालको नागरिकता सम्बन्धी नीति थप खुकुलो बनाउन भारतीय साम्रा’ज्यवादले लगातार नेपालमाथि द’बाब दिंदै आएको छ,’ विज्ञप्तिमा भनिएको छ,

‘नेपालको राजनीतिक संकटको फाइदा उठाएर भारतले ओलीलाई प्रयोग गरेर गैर नेपालीहरुलाई नागरिकता प्राप्त गर्ने बाटो अध्यादेशद्वारा खोल्न सफल भएको छ ।’लाद्नका लागि भारतले ओलीलाई गरिरहेको समर्थन उधारो नभएर त्यसको ग’म्भीर मूल्य नेपालले चुकाउनु पर्ने भनेर आफूहरुले सुरुदेखि नै भन्दै आएको पनि सो पार्टीले स्मरण गराएको छ ।

भारतको त्यही उद्देश्य पुरा गर्न अस्वी’कार गरेका कारण नेपालमाथि भारतले ५÷५ महिना नाकाबन्दी समेत गरेको स्मरण गराउँदै विज्ञप्तिमा भनिएको छ, ‘ओलीले भारतीय स्वार्थलाई पूरा गरेर देशको राष्ट्रि”यता, सार्वभौ’मसत्ता र अखण्ड’ताप्रति गम्भी¥र विश्वासघात गरेका छन् ।’

प्रधानमन्त्री ओलीले नागरिकतालाई सत्ता संरक्षणको औजार बनाएर राष्ट्रिय’तासँग सौदाबाजी गरेको भन्दै सो पार्टीले नागरिकता सम्बन्धी रा’ष्ट्रघा’ती अध्या’देशले मुलुकलाई दीर्घका’लीन रुपमा व्यापक र गम्भी’र असर पु¥याउने भएकोले यो खा’रेज हुनुपर्ने माग गरेको छ । जनमोर्चाले उक्त अध्यादेशको खा’रेजीका लागि संघर्षमा उत्रिन आम सचेत देश भक्त नागरिकलाई अपिल गरेका छन् । -दैनिक न्युज नेपाल

२०७८ जेष्ठ १४, शुक्रबार ०९:१५ गते 1 Minute 454 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार