२०७८ आश्विन ५ मंगलवार

खेलिरहेका केटाकेटीले गाउँ नजिकैको खोल्सामा फालिएका बोरा भित्र ५ करोड रुपैयाँ भेट्टाएपछि…

काठमाडौ : कहिलेकाही सोच्दै नसोको घ’टना हुन्छ । केही हजारका नोट भेट्टाउनु त सामान्य नै हो ।तर करोडौ रुपैयाँ फेला सामान्य पक्कै हैन ।

झारखण्डमा त्यहाँका स्थानीय केटाकेटीका लागि त्यस्तै एक असामान्य घ’टना भयो । राज्यको एक गाउँमा हालै चउरमा खेलिरहेका बालबालिकाहरुले ५ करोड रुपैयाँ नगद फेला पारेका छन् ।गाउँनजिकैको खोल्सामा तीन वटा फालिएको बोरा

भित्र ५ करोड रुपैयाँ फेला परेको हो । बोरा खोलेर हेर्दा ५ करोड रुपैयाँका बिटा देखेपछि उनीहरुको होश हवास नै उड्यो । यी नोट प्रतिबन्धित भारतीय पाँच सय र हजार रुपैयाँका नोट भएको भारतीय मिडियाहरुले जनाएका छन् । भारतिय जनता पार्टीका नेता नरेन्द्र मोदी सरकारमा आएपछि नोट’बन्दीको निर्णय लिए ।

निश्चित समयमा स्रोत खुलाएर नोट देखाए त्यसलाई वैध मान्ने तर नोटको स्रोत नखुलाए उल्टै भ्रष्ट्रा’चारमा हाल्ने निर्णयपछि मानिसहरुको भागाभाग भएको थियो ।

सायद त्यही बेला पचाउन नसकेका नोट फ्यालिएको हुनसक्ने भारतीय प्रहरीको दावी छ ।तीन बोराको तौल करिब एक क्वि’न्टल भएको बताइएको छ । भारतीय मिडियाका अनुसार

सरायकेला खरसावाँ जिल्लामा दिनाइ गाउँमा यसरी धुजाधुजा पारिएका नोट भेटिएको थियो ।बच्चाहरु बोरासँग खेल्न थाले त्यही क्रममा बोरा च्यातिएर नोट बाहिर छरिएपछि सबै चकित भए । उनीहरुले गाउँलेहरुलाई बोलाए । -एजेन्सी

२०७८ जेष्ठ १४, शुक्रबार ०९:२२ गते 1 Minute 1496 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार