आइतबार , साउन १०, २०७८

विद्या भण्डारी ता,नाशाह अ,हंकारी सन्की प्रधानमन्त्रीको प्यादा भने पछि: रामकुमारी झाँक्री

माघ २८, २०७७ बुधबार 215

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड-नेपाल समूहकी नेता रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीको प्यादा भनेकी छिन् । उनले भण्डारीलाई लोकतन्त्र र संविधानवि,रुद्धको खलपात्रको संज्ञा दिदै उनीवि,रुद्ध निरन्तर बोलिरहने बताइन् ।

‘विद्या भण्डारी अ,हंकारी सन्की प्रधानमन्त्रीको प्यादा हुन्,’ आज नेकपा प्रचण्ड-नेपाल समूहले भृकुटीमण्डपमा आयोजना गरेको वि,रोध सभामा बोल्दै झाँक्रीले भनिन्,‘निरंकुशताको साक्षी कोही बस्छ र प्यादा बन्छ भने त्यस्ता पात्रका वि,रुद्ध बोल्न पाइन्छ ।’ उनले भण्डारीलाई खलपात्र भन्दै महिला अस्मिता मिचियो भन्नेलाई चु,नौती दिइन् । उनले भनिन्,‘कस्ले भन्छ यहाँ महिला अस्मिता मिचियो भनेर ?’

भागिरथी भट्ट र निर्मला पन्त ब,लात्कृत हुँदा महिला अस्मिता मिचिएको बताइन् । आफूलाई का,रबाही गर्नुपर्ने माग गर्दैै गृहमन्त्रालयमा ज्ञापनपत्र दिन जाने अखिल नेपाल महिला संघका पदाधिकारीलाई चु,नौती दिदै भनिन्,‘ महिला अस्मिता मिचियो भन्नेहरुले भागिरथीहरुलाई ब,लात्कार गर्नेहरुलाई का,रबाही गर भन्दै गृह मन्त्रालय पुगे कि पुगेनन् ?’

अखिल नेपाल महिला संघलाई राष्ट्रपति भण्डारीले १८ वर्षयता प्राइभेट कम्पनी बनाएको आ,रोप लगाइन् । उनले भनिन्,‘१८ वर्ष भयो विद्या भण्डारीले अनेमसंघलाई प्राइभेट कम्पनी बनाएको ।’

आफूले राष्ट्रपति जस्तो सम्माननीय पदको वि,रुद्ध नभई पात्र र प्रवृत्तिवि,रुद्ध बोलेको तर्क गरिन् । झाँक्रीले भनिन्,‘हाम्रो रगत र पसिनाको ब,लिदानीले प्राप्त संस्था हो । हाम्रो शीरमाथिको संस्था हो । त्यो संस्थाको वि,रुद्ध बोल्ने दुस्साहस गरेको छैन । निरंकुशताको व्याधा बन्ने खलपात्रको वि,रुद्ध बोल्न पाइन्छ ।’ पदमा बसेकाको यो या त्यो लिङ्ग भनेर अस्मिताको कुरा गरिएकोमा असन्तुष्टि जनाइन् । उनले भनिन्,‘कुनैपनि पदको लि,ङ्ग नुहने बताइन् ।’

प्रधानमन्त्री ओलीलाई जङ्गी कागजी बादशाहको संज्ञा दिदै संविधान र राजनीतिक प्रणाली नै समाप्त गर्न लागेकोले आफूहरु बोलेको बताइन् । उनले भनिन्,‘ खड्गप्रसाद ओली कागजी बादशाह हुन् ती ढलिसके अन्तिम घोषणा गर्न बाँकी छ । यो उनको अधोगती हो ।’

प्रतिकृया दिनुहोस्