मंगलबार , साउन १९, २०७८

नागरिकता अध्यादेशसँगै नेपाललाई फिजी र सिक्किम बनाउने खेल सुरु : वरिष्ठ अधिवक्ता न्यौपाने (भिडियो)

जेठ १५, २०७८ शनिबार 352

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले आइतवार नागरिकतासम्बन्धी अध्या’देश जारी गरेपछि महामा’रीको भयका बिचमा नै गृह मन्त्रालयले आगामी निर्वाचन अगावै सक्ने गरि

नागरिकता वितरण सम्बन्धी आ’न्तरिक गृहकार्य अघि बढाएको छ । सरकारले जन्मसि’द्ध नागरिकता प्राप्त करिब २ लाख आमा–बाबुका सन्तानलाई फास्ट ट्रया’कबाट वंशजका आधारमा नागरिकता वितरण गर्ने गरि तयारी थालेको हो ।

संविधानले चिनेको नेपाली नागरिकले नागरिकता पाउनु पर्छ भन्ने विषयमा वि’वाद छैन् । तर सरकारले जुन नियत राखेर नागरिकता अ’ध्यादेश जारी गरेको छ । त्यो वि’वाद सर्वोच्च अदालतसम्म पुगेको छ । विपक्षी राजनीतिक दलहरुले नै धरा’पमा परेको प्रधानमन्त्रीको कु’र्सीसंग सौ’दावाजी गरेर

ल्याएको भन्दै नागरिकता सम्बन्धी अध्या’देशको च’र्को आलो’चना गरेका छन् । यही माटोको सुवास र संगतसंग जोडिएका धेरै नागरिक अझै पनि अनागरिक झै बनेर नागरिकताबाट वञ्चित छन् ।

तर आफैले साढे तीन बर्षसम्म रोकेर राखेको नागरिकता वितरण सम्बन्धी व्यवस्था रातारात अध्यादेशमार्फत ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले किन ह’तारो गरे प्रश्न पे’चिलो बनेको छ ।

नागरिकता जस्तो संवेद’नशील विषयमा व्यापक वहस हुनु पर्ने आवाज उठेपनि संघीय संसदलाई नै छल्दै प्रधानमन्त्री ओलीले कुर्सी टिकाउनै खोजेका आरो’प पनि लाग्न थालेको छ । आरोप लगाउनेहरुले यस्ले दीर्घ’कालीन असर पार्ने दा\वी समेत गरेका छन् ।

किन संवदेनशील बन्छ नेपालमा नागरिकता वितरण सम्बन्धी व्यवस्था !

नागरिकता जस्तो संवे’दनशील विषय बढी जसो भारतसंगको खुला सीमाना र तराईका धेरै जिल्लाहरुमा नागरिकता वितरणमा देखिने गरेको खेलवाडसंग जोडेर हेर्ने गरिन्छ । तर तराईवासी धेरै नेपालीहरुले ‘टोपी राष्ट्रवाद’ को कारण आफुहरु अन्यायमा परेको आवाज बारम्बार उठाउँदै नआएको होइन ।

यही कारण पनि नागरिकता वितरणको विषय जहिले पनि नेपालमा ज’टिल र पे’चिलो बन्दै आएको छ । गैर नेपाली नागरिक अर्थात भारतीय नागरिकले खुलेआम नेपाली नागरिकता लिएको प्रमाण धेरै पटक सार्वजनिक भइसकेको छ ।

प्रतिकृया दिनुहोस्