शनिबार , जेठ २९, २०७८

स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेकालाई २५ लाख ऋण उपलब्ध गराइने ।

जेठ १५, २०७८ शनिबार 185

काठमाडौं : सरकारले स्नातक वा सोभन्दा माथि शैक्षिक योग्यता हासिल गरेका युवालाई ५ प्रतिश ब्याजदरमा २५ लाख ऋण उपलब्ध गराउने भएको छ ।

आर्थिक वर्ष २०७८/७९ को बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले ५ प्रतिशत ब्याजदरमा २५ लाखसम्म सहुलियत’पूर्ण ऋण उपलब्ध गराउने बताए ।

अर्थमन्त्री पौडेलले बजेट भाषणका क्रमम भने, ‘शैक्षिक प्रमाणपत्र धितो राखी अधिकतम् ५ प्रतिशत ब्याजदरमा रु २५ लाखसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराइनेछ ।’

यता : सरकारले कृषि तथा पशुपन्छी क्षेत्रमा ४५ अर्ब ९ करोड बजेट विनियोजन गरेको छ।

आगामी वर्षको बजेट सार्वजनकि गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषि र पशुपन्छीको क्षेत्रमा उक्त बजेट विनियोजन गरेको जाकनरी दिनुभयो ।

सरकारले रासायनिक मलको अनुदानमा दिइँदै आएको अनुदान पनि बढाएको छ । रासायनिक मल खरीद गर्न दिइएको अनुदानमा वृद्धि गरी १२ अर्ब पु¥र्‍याइएको छ।

प्रतिकृया दिनुहोस्