आइतबार , साउन १०, २०७८

खुसिको खबर ! नेपालका कुशलले टि-२० बरियतामा ऋषभ पन्त, स्मिथ र रुट जस्ता स्टार खेलाडीलाई पछि पारे ।

जेठ १५, २०७८ शनिबार 254

काठमाडौं : अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी) ले जारी गरेको नयाँ टि-२० वरियतामा नेपालका स्टार खेलाडी कुशल भुर्तेलले बिश्व चर्चित क्रिकेटरहरुलाई पछि पारेका छन् ।

ब्याटिङतर्फको नयाँ बरियतामा नेपाली ओपनर कुशल भुर्तेल ६१ औं स्थामा छन् । कुशलले अष्ट्रेलियाका पुर्व कप्तान स्टिभ स्मिथ, ​भारतको स्टार ब्याट्समेन ऋषभ पन्त तथा बंगादेशका अल राउण्डर शाकिवअल हसन जस्ता खेलाडीलाई पछि पारेका छन् ।

त्यस्तै बंगलादेशकै मुस्फीकुर रहमान, श्रीलंकाका थिसरा परेरा र कुशल मेन्डिस, न्युजिल्याण्डका रोस टेलर, इङ्ल्याण्डका जो रूट, भारतकै मनीष पाण्डे, अष्ट्रेलियाका म्याथ्यू वेड र मार्कस स्टोइनिस पनि बरियतामा कुशल भन्दा पछाडी छन् । अन्य नेपाली खेलाडीको स्थान यथावत रहेको छ ।

पारस खड्का ८८ औं र कप्तान ज्ञानेन्द्र मल्ल ९४ औं तथा बलिङतर्फ सन्दीप लामिछाने ७७ औं स्थानमा यथावत रहेका हुन् । कुशलले ४४२, पारसले ३६२ र ज्ञानेन्द्रले ३५७ रेटिङ प्वाइन्ट प्राप्त गरेका छन् ।

ब्याटिङतर्फ वरियताको शीर्ष स्थानमा ८९२ रेटिङ प्वाइन्टका साथ इङ्ल्यान्डका डेविड मलान रहँदा ८३० रेटिङ प्राप्त गरेका अस्ट्रेलियाका आरोन फिन्च दोस्रो स्थानमा छन् । पाकिस्तानका बाबर अजाम, न्युजिल्यान्डका डिभोन कोन्वे, भारतका विराट

कोहली, दक्षिण अफ्रिकाका रस्सी भान डेर डुसेन, भारतका केएल राहुल, अस्ट्रेलियाका ग्लेन म्याक्सबेल, न्युजिल्यान्डका मार्टिन गुप्टिल र पाकिस्तानका मोहम्मद रिजवान क्रमशः तेस्रो देखि १० औं वरियतामा छन् ।

बलिङतर्फ सन्दीपले ४०५ रेटिङ प्वाइन्ट पाएका छन् । दक्षिण अफ्रिकाका तावरेज शाम्सी ७३२ रेटिङ प्वाइन्टका साथ बलिङतर्फ वरियताको शीर्ष स्थानमा रहँदा ७१९ रेटिन प्वाइट पाएका अफगानिस्तानका राशिद खान दोस्रो स्थानमा छन् ।

अस्ट्रेलियाका एस्टोन अगर, इङल्यान्डका आदिल रशिद, अफगानिस्तानका मुजिब उर रहमान, न्युजिल्यान्डका टिम साउदी, अस्ट्रेलियाका एडम जाम्पा, न्युजिल्यान्डका इस साढी, श्रीलंकाका लक्सन सन्दकन र वानिन्दु डि सिल्भा वरियतामा क्रमशः तेस्रो देखि १० औं स्थानमा छन् । -ताजा खबर टिभि

प्रतिकृया दिनुहोस्