२०७८ आश्विन १३ बुधबार

३ दिन देशैभरि पानी पर्ने – बाढी-पहि’रो र डुबा’नको जो’खिम, उच्च साव’धानी अपनाउन अनुरोध !

काठमाडाैं : राष्ट्रिय वि’पद् जो’खिम न्यूनी’करण तथा व्यवस्थापन प्राधिक’रणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बा’ढी र पहि’रोको जो’खिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा अनुरोध गरेको छ ।

पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्र’वात ‘यास’का कारण आज जेठ १३ गतेदेखि १५ गतेसम्म देशका धेरैजसो भागमा पानी पर्ने सम्भावना रहेको उल्लेख गर्दै प्राधिकरणले नागरिकलाई विशेष ध्यान दिन र आवश्यक तयारीमा रहन सरोकारवाला नि’कायलाई अनुरोध गरेको छ ।

अहिले उक्त चक्र’वात समुद्रबाट जमीनतर्फ प्रवेश गरी उत्तर–पश्चिम सर्ने क्रममा रहेको प्राधि’करणले जनाएको छ । त्यसले केही दिन मौसममा असर पार्ने हुँदा सतर्कता अपनाउन अनुरोध गरिएको प्राधि’करणका प्रमुख अनिल पोखरेलले जानकारी दिनुभयो ।

जल तथा मौसम वि’ज्ञान विभागका अनुसार जेठ १३ देखि १५ गतेसम्म प्रदेश १, २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना छ ।

ती प्रदेशका तराइमा अति भारी वर्षा, चट्याङ पर्ने र उच्च वेगको हावाहुरी आउने सम्भावना रहेको जनाइएको छ । कर्णाली र सुदुरपश्चिम प्रदेशमा भने एक दुई स्थानमा मेघ गर्जन’सहित च’ट्याङ पर्ने र मध्य’म वर्षाको सम्भावना छ । गण्डकी, वाग्मती र प्रदेश १ का हिमाली र उच्च पहाडी क्षेत्रमा केही स्थानमा हल्कादेखि म’ध्यम हि’मपात र वर्षाको सम्भावना रहेको जनाइएको छ ।

प्राधिकरणको सा’वधानीका सुझाव !

प्राधिकरणले बस्ती नजिक बा’ढी प’हिरो डु’बानको जो’खिम आकलन गरी सुरक्षाकर्मी एवं पालिकासँगको सम’न्वयमा सुरक्षित स्थानमा बस्न र नदी, खोला किनार एवं पहिरो

आसपास बसोबास गर्ने बासि’न्दालाई सतर्क रहन अनुरोध गर्दै सतर्कताका सूचना सम्प्रे’षण गर्न भनेको छ । पहाडमा भूक्षय र पहिरो एवं तराईमा बाढी आउनसक्ने भएकाले हरेक जिल्लामा सुरक्षा निकाय, विप’द् व्यवस्थापनमा संलग्न अधिकारी तथा

गैरस’रकारी निकाय र विषयगत क्षेत्रलाई तयारी अवस्थामा राख्न पनि प्राधिकरणले आग्रह गरेको छ । सम्भावित वर्षा एवं बाढीबारे थाहा पाउन जल तथा मौसम विज्ञान विभागको टोल फ्रि नं ११५५ मा फोन गर्न र तत्काल खो’ज, उ’द्धार र राहतका लागि राष्ट्रिय आपत्का’लीन कार्य सञ्चालन केन्द्रको टोल फ्रि नं ११४९ मा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

२०७८ जेष्ठ १५, शनिबार २३:३० गते 1 Minute 565 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार