शनिबार , जेठ २९, २०७८

मलेसियामा जुन १ देखि १४ दिनसम्मको लागि पूर्ण लक-डाउन ।

जेठ १६, २०७८ आइतबार 1003

क्वालालम्पुर : मलेसिया सरकारले जुन १ तारिख देखि १४ दिनसम्मको लागि पूर्ण लक-डाउन लगाउने भएको छ ।को’रोना बि’रामिको संख्या दिनदिनै बढ्दो क्रममा रहेको र मृ’तकको

संख्या पनि दिनदिनै बढीरहेपछि मलेसिया सरकारले पूर्ण लक’डाउन लगाउने निर्णय गरेको मलेसिया प्रधानमन्त्रीको कार्यालयले बताएको छ । यो पूर्ण लकडाउन १४ दिनसम्मको लागी हुने र अवस्था हेरेर दुई हप्ता पछि केहि खुकुलो गर्दै

लाने र नया बि’रामिको संख्या घट’दै जान थालेपछि खुल्ला गर्न सकिने बताइएको छपूर्ण ल’क डाउनमा अत्या’वश्यक खाद्यान्न, औषधि पसल, सिमित सार्वजानिक यातायात, सुरक्षाका क्षेत्र बाहेक सबै बन्द हुनेछन् ।लक डाउन अवधि’भर बाहिर ननिस्कन र घरमै बसेर सुरक्षित रहन मलेसियन सरकारले अनुरोध गरेको छ ।

यो पनि
विश्वस्तरीय गायन प्रतियोगिता आयोजना हुने !

लण्डन : विश्वभरि छरिएका नेपाली प्र’तिभालाई चिनाउने र विश्वभर स्थापित गर्ने उद्देश्यका साथ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले ‘एनआरएन द सिङ्गर’ शुरु गर्न लागेको छ ।

प्रवासमा रहेका नेपाली कलाकारहरुको पहिचान गर्ने ‘साङ्गीतिक रियालिटी शो’ आगामी असार ७ गतेदेखि शुरु हुने आयोजकले जनाएको छ । प्रतियोगितामा नेपाल र सार्क मुलुकबाहेक सबै राष्ट्रमा छरिएर रहेका १५ वर्षभन्दा माथिका नेपालीभाषीले भाग लिन पाउनेछन् ।

प्रतियोगिताको निर्णायक मण्डलमा वरिष्ठ सङ्गीतकार शम्भुजित बाँस्कोटा, गायक शम्भु राई, गायिका शर्मिला बर्देवा तथा एनआरएनएका पूर्व अध्यक्ष तथा निया’त्राकार जीवा लामिछाने रहनुभएको छ । शनिबार उक्त प्रतियोगिताबारे जानकारी दिन आयो’जित कार्यक्रममा एनआरएनएका पूर्वअध्यक्ष लामिछानेले भन्नुभयो,

“एनआरएनए स्थापनाको प्रमुख उद्देश्यमध्ये प्रवासमा नेपाली भाषा, साहित्य, कला र संस्कृ’तिको प्रव’द्र्धन तथा जगेर्ना गर्नु पनि एक हो । यो कार्यक्रम त्यसतर्फ एक कोसे’ढुङ्गा हुने मैले विश्वास लिएको छु ।” उहाँले कार्यक्रमलाई सफल पार्न सहयोगका लागि सबैलाई आग्रह गर्नुभयो । एनआरएनए अध्यक्ष कुमार पन्तले भाषा, सा’हित्य र संस्कृति नै गैरआवासीय नेपालीको मूल पहिचान भएकाले यो कार्यक्रम आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो ।

त्यस्तै वरिष्ठ सङ्गीतकार बाँस्कोटाले आफूले जहिले पनि नेपाली सङ्गीतको अन्तर्राष्ट्रि’यकरण होस् भन्ने चाहेको भन्दै यो कार्यक्रमले अवश्य पनि नयाँ र राम्रा प्रतिभाहरु जन्मने विश्वास व्यक्त गर्नुभयो । सन् १९८७ मा प्रज्ञा प्रति’ष्ठानको डबलीबाट नेपालमै पहिलो पटक रि’यालिटी शो शुरु गरेको स्मरण गर्नुभयो ।

उहाँले एनआरएनएले पुल जस्तो बनेर संसारभरि साहित्य र सङ्गीतका माध्यमबाट सारा नेपालीलाई समेट्न खोजेको भन्दै प्रशंसा गर्नुभयो । एनआरएनए आइ’सीसीको भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिका संयोजक हिक्मत थापाले नेपालमा बढिरहेको कोरो’ना सङ्क्र’मणप्रति एनआरएनए निकै चिन्तित र संवे’दनशील रहेको बताउनुभयो ।

उहाँले यो अवस्थामा नेपालमा रहेका सारा आफन्त नेपालीको जीवन रक्षार्थ प्रवासमा एनआरएनएले सक्दो सहयोग सङ्क’लन गरी नेपालमा सहयोग पनि पठाइसकेको जानकारी दिनुभयो । प्रतियोगिताको मूल आयोजक एवं संस्कृति तथा सम्पदा उपसमितिका संयोजक गोविन्दप्रसाद गौतमले लामो तयारी गरेर कार्यक्रम सार्वजनिक गरिएको बताउनुभयो ।

कार्यक्रममा निर्णयक मण्डलका सदस्य गायक राई तथा गायिका बर्देवा, एनआरएनएका उपाध्यक्ष डा बद्री केसी, एनसीसी अमेरिकाका अध्यक्ष सुनील शाह, गैरआवासीय नेपाली सङ्घ युकेका अध्यक्ष पूनम गुरुङ तथा सञ्चार विभागका सहसंयोजक चिरञ्जीवी देवकोटाले पनि शुभकामना राख्नुभएको थियो । -न्युज ट्वाटीफो नेपाल

प्रतिकृया दिनुहोस्