२०७८ आश्विन ५ मंगलवार

खुशीको खबर : कतारमा दिउँसोको च’र्को घाममा श्रमि’कले काम गर्नु नपर्ने कसैले लगाए का’र्वाही ।

दोहा खाडी क्षेत्रमा गर्मी बढेसँगै कतारको प्रशासनिक विकास श्रम तथा सामाजिक मामिला मन्त्रालयले यो वषर्को गर्मी महिनाका लागि पछिल्लो वर्षहरूझैँ काम गर्ने समय तोकेको छ ।
खुल्ला कार्य क्षेत्रमा काम गर्ने कामदारहरूमा जून १ देखि सेप्टेम्बर १५ तारिखसम्मका लागि काम गर्ने समयसीमा तोकेको हो । खुल्ला कार्यक्षेत्र वा घाममा काम गर्नुपर्ने कामदारहरूको लागि मात्र लागू हुने मन्त्रालयले जनाएको छ ।

यस्ता कार्य क्षेत्रमा काम गराउने कम्पनीले बिहान १० देखिदेखि अप’राह्‍न ३ बजे सम्मका लागि काम बन्द गर्नु पर्नेछ । साथै कार्य समय तालिकाको सू’चनापत्र कामदारले र श्रम निरीक्षकले निरी’क्षण गर्न आएको बेला सजिलै देख्ने गरी टाँसिएको हुनु पर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले भनेको छ, “नयाँ निर्णयले तातो तनावको जो’खिम कम गर्न मद्दत गर्दछ जुन कामदारहरूले सामना गर्न सक्दछन्, र गर्मी अव’धिमा लागू हुने स्वास्थ्य र सुरक्षा योजनाहरूलाई समर्थन गर्दछ ।”

नियम उल्लघंन गर्ने कम्पनीवि’रुद्ध क’डा का\रबाहीको चेता’वनी समेत दिइएको छ। लगातार च\र्को गर्मीमा काम गर्ने कामदारका शरीरमा पानीको मात्रा कम हुने र त्यसले कामदारको कि’ड्नीमा प्रत्यक्ष अ’सर पर्ने विश्व स्वास्थ्य संगठनले बताउने गरेको छ ।

कतारमा विभिन्न क्षेत्रमा ३ लाख १२ हजार ६५० नेपाली कार्यरत रहेका छन् । ती मध्ये ११ हजार ९० जना महिला कामदारहरु कार्यरत छन् । यसैगरी, कुवेतमा पनि दिउँसोको चर्को घाममा श्रमि’कलाई काममा लगाउन नपाइने भएको छ ।

कुवेतको पब्लिक अथोरि’टी फर म्यानपावरले दिउँसोको च’र्को घाममा काम गर्नको लागि रोक लगाउने निर्णय गरेको म्यानपावरलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

यो निर्णय १ जुनदेखि ३१ अगस्टसम्म लागू हुनेछ । निर्णय अनुसार बिहान ११ बजेदेखि ४ बजेसम्म खुल्ला क्षेत्रहरुमा श्रमिकलाई काममा लगाउन नपाइने जनाएको छ । कुवेत पनि विभिन्न क्षेत्रमा गरि करिव ७० हजार नेपाली कार्यरत रहेको पाइन्छ ।

२०७८ जेष्ठ १६, आईतवार ०७:०१ गते 1 Minute 645 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार