शनिबार , जेठ २९, २०७८

अक्सिजन नपाएर पोखरामा सुत्के’रीसहित ६ जनाको मृ’त्यु ।

जेठ १६, २०७८ आइतबार 547

पोखरा : हाइफ्लोमा अक्सि’जन दिएर उप’चार भइराखेका बेला डाक्टरले अक्सि’जन सकिएको खबर गरेपछि तनहुँ भानुकी सु’त्केरी महिलाको परिवार होस’हवास उड्यो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको को’भिड आइ’सोलेसनमा शुक्रबार भर्ना भएर हाइफ्लो अक्सि’जन दिएर सुत्के’रीको उपचार भइरहेको थियो । बिहीबार साँझ नै अस्पतालले अक्सिजन रेगुलर नभएको भन्दै घरि अक्सिजन दिने, घरि नदिने गरिएको सुत्के’रीका आफन्तले बताए ।

‘हाइफ्लोमा अ’क्सिजन रेगुलर छैन भन्यो । आउँछ आउँछ भन्छ, आउँदैन । अक्सिजन नपाएको १ घन्टा हुन लागिसकेको थियो, हामी आफैं अक्सिजन उद्योगमा पुग्यौं,’ सुत्केरी महिलाकी भाञ्जाले भने, ‘औद्योगिक क्षेत्रमा रहेको अक्सिजन उद्योगमा पुगेर रो’इकराइ गर्यौं । हामी किन्छौं, केही अक्सिजन उपलब्ध गराइदिनुस् भन्यौं तर पाएनौं । फर्किंदा माइजूको मृ’त्यु भइसकेको रहेछ ।’

अक्सिजनको अभा’वले माइजूलाई गु’माएको उनले सुनाए । ‘अस्पतालले अक्सिजन आउँदै छ भन्यो, उद्योगले सबैलाई दिएका छौं भनेर दिएनछ,’ सुत्के’रीका श्रीमानले भक्का’निँदै भने, ‘आउँछ आउँछ भनेको अक्सिजन बि’रामीको

ज्यान गएको १ घन्टा भइसक्दा पनि आइपुगेको थिएन । बेलैमा अक्सिजन पाए उनी बाँच्थिन् होला ।’पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको को’भिड–१९ अस्पतालमा बिहीबार मध्यरातदेखि बिहान ४ बजेसम्म अक्सिजनकै अभावले सुत्के’री महिलासहित ६ जनाले ज्या’न गु’माएका छन् । अस्पतालमा एक्कासी अक्सिजनको अभा’व भएको र हाइफ्लो दिएर उपचार भइरहेका बिरा’मीले सोही अनुसार अक्सिजन नपाउँदा मृ’त्यु भएको हो ।

पोखरा स्वाथ्य विज्ञान प्रतिष्ठान को’भिड–१९ को उ’पचार गर्ने गण्डकी प्रदेशकै ठूलो संघीय अस्पताल हो । यही अस्पतालमा एक्कासी अक्सिजनको अभाव हुँदा रातभर दौडादौड चल्यो तर पनि ६ जनाले ज्या’न गु’माए ।

तनहुँका ३ जना, म्याग्दी, पर्वत १ र स्याङ्जाका १ ज’नाको ज्या’न गएको हो । अक्सिजन उद्योगले पर्याप्त अक्सि’जन सिलिन्डर पठाएको बताउँछ तर सरकारी अस्पतालमै अक्सिजनको अभावले बि”रामीले ज्या’न गु”माउनु पर्ने अवस्थाको सिर्जना भएको हो । हाइफ्लो अक्सिजन नपाएर ज्यान गु’माएका संक्र’मितका आफन्तले बेलैमा सचेत गराइदिएको भए आफैं जसरी पनि जोहो गर्ने बताउँछन् ।

‘हाम्रा आफन्त बचाउन जहाँबाट जसरी पनि अक्सिजनको व्यवस्था गर्थ्यौं तर बेलैमा जानकारी भएन,’ बिरामीका आफन्तले भने, ‘डाक्टर, नर्सहरु त दौडेकोदौड्यै थिए, अक्सिजनै सकिएपछि उनीहरुको पो के लाग्यो र ? यो अस्पताल प्रशासनका कारण हामीले आफन्त गुमायौं ।’

को’भिड अस्पतालका फोकल पर्सन डा. शरद बरालले हाइफ्लो अक्सिजन नपाउँदा सुत्के’रीको ज्या’न गएको देखिएको र बाँकीमा अन्य दी’र्घ रोगले बढी च्यापेको देखिएको बताए । अस्पतालमा हाइ’फ्लोका बिरामी बढ्दा एक्कासी अक्सिजनको समस्या देखिएको डा. बरालको भनाइ छ ।

‘हाइफ्लो अक्सिजन दिनुपर्ने बिरा’मी एक्कासी बढे । यस्ता बिरा’मीमा अक्सिजनको फ्लो कम हुनेबित्तिकै ज्यान जाने जो’खिम हुन्छ,’ डा. बरालले भने, ‘मिहिनेत गर्दागर्दै पनि बचाउन सकिएन । यता सकिन लाग्दा ३ वटा सिलिन्डर भए पनि बोकेर ल्याउनु परेको छ । दौ’डधुप चलिरह्यो तर हाम्रोमात्र केही लागेन ।’

पोखरा स्वास्थ्य विज्ञान प्रति’ष्ठानमा आफ्नै अक्सिजन प्लान्ट छैन । अस्पतालमा पूर्व उपकुलपति, डिन र डाक्टरहरुकै लगानीमा अक्सिजन उद्योग भएकाले प्लान्ट नभएको त्यहीँका चिकित्सकहरु बताउँछन् । अहिले तिनै डाक्टरहरुको लगानी भएको पोखरा अक्सिजन उद्योगबाट प्रतिष्ठानमा अक्सिजन आपू’र्ति हुँदै आएको छ । तर, पर्याप्त अक्सिजन नपाउँदा बि’रामीले ज्या’न गुमा’उनु परेको छ ।

सहज अक्सिजन आपू’र्ति नभएकै कारण समस्या भएको डा. बरालले बताए । हाइफ्लोका बिरा’मीलाई धेरै अक्सिजन चाहिने र दिइरहेकोभन्दा अलिकति पनि कम हुनेबित्तिकै ज्या’नको जोखि’म हुने बराल बताउँछन् ।

‘हाइ’फ्लोका बिरा’मीलाई प्रतिमिनेट ६० देखि ८० लिटरसम्म अक्सिजन प्रयोग गर्नुपर्ने हुन्छ । यस्ता बिरामी बढे र समयमा आपूर्ति नहुँदा समस्या भएको हो,’ डा. बरालले भने, ‘अन्य लोफ्लोमा अक्सिजन दिएर हुने बिरा’मीलाई प्रतिमिनेट १४ लिटर भए पुग्छ ।’

ठूलो सिलिन्डर ६ हजार लिटर हुनुपर्ने भए पनि ५ हजार लिटरको हाराहारीमा अक्सिजन हुन्छ र त्यसमा पनि केही प्रतिष्ठानका लिकेज हुने डाक्टर बराल बताउँछन् । ‘हाइफ्लोका एउटा बि’रामीलाई एउटा सिलिन्डरले १ घन्टा पनि धान्दैन,’ डा. बरालले भने । अहिले अस्पतालमा हाइफ्लोका ९ जना बि’रामी छन् ।

पोखराको स्वास्थ्य विज्ञानमा मात्र होइन, पोखराको अन्य अस्पतालमा पनि एक्कासी अक्सिजनको अ’भाव भएको चिकित्सकहरुले बताइरेका छन् । पोखरामा दैनिक १३ देखि १४ सय सिलिन्डरसम्म दैनिक उत्पादन हुने बताइएको छ । तर, त्यो सिलिन्डर कहाँ र कसरी जान्छ र किन अ’भाव भइरहेको छ भन्ने आश्चर्य लागिरहेको अस्पतालहरुले बताइरहेका छन् ।

पोखरा अक्सिजन उद्योगलेमात्र दैनिक ८ सय ५० वटा सिलिन्डर उत्पादन गरिरहेको बताउँछ । ‘पोखराका गाडी आफैं लिएर आउँछन् र घन्टाघन्टामा लिएर जान्छन्,’ उद्योगका एक सञ्चालन एलके शर्मा भट्टराईले भने, ‘सबैभन्दा बढी गण्डकी अस्पताल (पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान) मै जान्छ । यसरी अभाव त नहुनु पर्ने हो, हाइफ्लोका बिरा’मी बढेर यस्तो भयो होला ।’ -इ न्युज बाट

प्रतिकृया दिनुहोस्