बिहिबार , साउन २१, २०७८

पर्सि देखि कतारमा नियमित उडान खुल्ने !

जेठ १६, २०७८ आइतबार 626

काठमाण्डौ : आउँदो जेठ १८ अर्थात् पर्सिदेखि कतारको लागि नियमित उडान खुल्ने भएका छन् । नेपाल सरकारको जेठ १३ गतेको निर्णय अनुसार कतारसहित चीन र टर्कीको लागि नियमित उडान सञ्चालन गरिने भएका हुन् ।

नेपाली श्रमिकको लागि कतार वैदेशिक रोजगारीको प्रमुख गन्तव्य देश हो । योसँगै वैदेशिक रोजगारीको लागि कतार जान रोकिएका नेपाली श्रमिक सहजै कतार जान पाउने भएका छन् । यस्तै कतारबाट फर्किन नपाएका नेपालीहरु पनि केही स्वास्थ्य मापद’ण्डका साथ सहजै स्वदेश फर्किन सक्ने छन् ।

यसरी अन्तर्राष्ट्रिय उडानमार्फत नेपाल आउने यात्रुका लागि विभिन्न सर्त तोकिएका छन् । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालका अनुसार, दुवै खोप लगाएको र को’रोना परी’क्षणमा ने’गेटिभ रिपो’र्ट लिएर आएकाहरूलाई १० दिन होम क्वरे’ण्टीनमा बस्ने सर्तमा आफ्नो घर जान दिइने छ ।

कसैले एउटा मात्र खोप लगाएको छ र पीसी’आर प’रीक्षण ने’गेटिभ छ भने विमानस्थलबाट काठमाडौंका कुनै होटलमा तीन दिन क्व’रेण्टीन बस्नुपर्नेछ । तीन दिन पछि परी’क्षण गर्दा को’रोना नेगेटि’भ आएमा यात्रु सम्बन्धित गन्तव्यमा जान पाउनेछन् ।

होटल क्व’रेण्टीन खर्च भने आफैंले बेहोर्नुपर्नेछ । एउटा पनि खोप नलगाएको तर पीसी’आर रिपोर्ट नेगे’टिभ लिएर आएका यात्रुले भने १० दिनसम्म होटेल क्वरेण्टी’नमा आफ्नै खर्चमा बस्नुपर्नेछ । त्यसपछि परी’क्षण गर्दा रिपोर्ट नेगे’टिभ आएमा घर जान पाइनेछ ।

यस्तै नेपालबाट कतार जानेकाे लागि पनि अनिवार्य क्वरेण्टीनकाे प्रा’वधान छ । कतार सरकारले नेपाल, भारत, बंगलादेश, पाकिस्तान श्रीलङ्का र फि’लिपिन्सबाट कतार प्रवेश गर्नेहरुलाई अप्रिल २९ देखि अनिवार्य क्वरे’ण्टीनको नियम लागु गरेको छ । यी देशबाट कतार प्रवेश गर्नेलाई १० दिन होटल क्वरेण्टीन वा १४ दिन मेका’इनिस क्व’रेण्टीन बस्नुपर्ने छ ।

यस्तै यी देशबाट कतार प्रवेश गर्दा तो’किएको स्वास्थ्य केन्द्रबाट पीसी’आर परीक्षण गरिएको २४ घण्टा अघिको रिपोर्ट साथमा राख्नुपर्ने कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । यो प्रावधान कतारमा को’रोना विरु’द्धको खो’प लगाइसकेका व्यक्तिको हकमा समेत लागु हुने छ ।

के छ कतारको अवस्था ?कतार जाने भएपछि कतारको अवस्था बुझेर गए सजिलो हुन्छ । पछिल्लाे समय कतारमा काे’राेनाकाे जाे’खिम केही घटेकाे छ । याेसँगै अहिले कतारमा को’रोनाका कारण केही समय पहिलेदेखि गरिएका केही प्र’तिबन्धहरु खुकुलो पारिएको छ ।

घरबाहिर (आउट डोर) दश जना जति भेला हुन दिइएको छ । बाहिर नि’स्किँदा सबैले मास्क अनि’वार्य लगाउनुपर्ने नियम छ । यस्तै कुनै कार्यक्रममा भेला हुन तथा ज’मघटमा जान को’रोनाविरु’द्धको खो’प अनिवार्य लगाएको हुनुपर्ने छ । घरभित्र पनि ५ जना भन्दा बढी भेला नहुन भनिएकाे छ ।

त्यो पनि सबैले को’रोनाको खोप लगाएको हुनुपर्छ । बाहिर हिँड्दा अनिवार्य रुपमा मास्क लगाउन भनिएको छ । आफ्नो निजी साधनमा भए पनि मास्क अनिवार्य गरिएको छ । यस्तै सिनेमा तथा थिए’टरहरु आफ्नो कुल क्षमताको ३० प्रतिशत जति मानिस राखेर सञ्चालन हुन थालेका छन् ।

स्वास्थ्य मा’पदण्ड ताे’केर पार्कहरु खुल्ला गरिएका छन् । तर यहाँ जानको लागि को’रोना वि’रुद्धको खो’प लगाएको प्रमाण अनिवार्य रुपमा हुनुपर्ने छ । यस्तै संग्राहलय तथा सार्वजनिक पुस्तकालयहरु पनि खुलाइएका छन् । यस्तै मे’ट्रो सहित सार्वजनिक यातायातका साधनहरु पनि क्षमताको ३० प्रतिशत जति मात्रै यात्रु राखेर सञ्चालन भइरहेका छन् ।

तर यातायातभित्र धुम्र’पान गर्ने क्षेत्र भने बन्द छन् भने खानाखान प्र’तिबन्ध छ । शैक्षिक क्षेत्र तथा निजी तालिम केन्द्रलाई पनि आफ्नो क्षमताको ३० प्रतिशत जति मात्रै मानिस राखेर सञ्चालन गर्न दिइएको छ । जीम, ब्यु’टिपार्लर, सैलुन लगायतका व्यवसाय सुरक्षा मापद’ण्ड पूर्ण पालना गरेर सञ्चालन गर्न दिइएको छ ।

सेवाग्राही र कामदार सबैले अनिवार्य को’रोना वि’रुद्धको खो’प लगाएको हुनुपर्छ ।कतारको लागि उडान खुला गरे पनि खाडीका अरु देशमा उडान अझै खुलेका छैनन् । खाडीका देश बहराइन, कुवेत, यूएई र मलेसियाले त नेपालबाट हुने उडानमा समेत प्र’तिबन्ध लगाएका छन् ।यस्तोमा नेपालबाट गएका यात्रुलाई कुनै पनि देशमा ट्रा’न्जिट भएर ती देश प्रवेशमा पनि नि’षेध छ ।

यसकारण नेपाली यात्रुले मध्यपूर्वका देशमा प्रवेश गर्नको लागि कतार ट्रा’न्जिट बनाएर जान पाउने छैनन् । तर नियमित उडान ब’न्द भएका बेलामा पनि विभिन्न एअरलाइन्सले चार्डड उडान भने गरिरहेका छन् । बैशाख २३ गते मध्यरातदेखि भारत बाहेक अन्य देशमा हुने अन्तर्राष्ट्रिय उडानमा सरकारले रोक लगाएको थियो ।

प्रतिकृया दिनुहोस्