२०७८ आश्विन २ शनिबार

खुशिको खबर : साउदी अरबले नेपाल लगायत ११ देशमा लगाएको यात्रा प्रतिबन्ध हटायो ।

काठमाण्डाै : साउदी अरबले ११ देशमा लगाएको यात्रा प्रति’बन्ध हटाएको छ । कोरो’ना भाइर’सको सङ्क्र’मण रोक्नका लागि भन्दै साउदी अरबले २० वटा देशलाई यात्रामा प्रतिबन्ध

लगाएकोमा ११ वटालाई फुकु’वा गरेको त्यहाँको गृह मन्त्रालयले जनाएको छ । कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण भइरहेका देशलाई साउदी अरबले यात्रा प्रतिबन्ध फुकुवा गरेको हो ।प्रतिब’न्ध हट्ने देशमा यूएई, जर्मनी, अमेरिका, आयरल्याण्ड,

इटाली, पोर्चुगल, बेलायत, स्वीडेन, स्विट्जरल्याण्ड, फ्रान्स र जापान रहेका छन् । यात्रा प्रतिबन्ध हटे पनि यी देशबाट आउने नागरिक अनिवार्य रुपमा क्व’रेण्टीनमा बस्नु पर्नेछ। यो निर्णय आजदेखि लागू हुनेछ । यो महिनाको सुरुवातमा साउदी अरबले अन्तर्राष्ट्रिय यात्रा प्रति’बन्धको सुरुवात गरेको थियो ।

साउदीमा ज्या’न गु’माएका काशीराजको श’व ल्याउन ३ हप्तादेखि भौतारिँदै परिवार !

वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबियामा रहनुभएका काशीराज अधिकारीको बैशाख २३ गते उतै ज्यान गयो । बुद्धभूमि नगरपालिका १ विरपुरका ४९ वर्षीय काशीराज १२ वर्षदेखि साउदीमा काम गर्दै आउनुभएको थियो ।

पछिल्लो पटक चार वर्ष अघि साउदी जानुभएका काशीराज यही दशैंमा घर आउने योजनामा हुनुहुन्थ्यो । तर दशैं आउनै नपाइ उहाँ आफै यो संसारबाट जानुभयो । आफ्नो पति घर फर्किने दिन कुरेर बस्नुभएकी लक्ष्मीदेवी अधिकारी अहिले पतिको श’व पर्खेर बसिरहनुभएको छ । तर ज्यान गएको बीस दिन भइसक्दा पनि श’व नेपाल आइपुगेको छैन ।

श्रीमान् बित्नुको पी’डा । त्यसैमाथि महिना दिन हुनलाग्दा पनि श’व नेपाल नआउँदा लक्ष्मी बेहोस झैं हुनुहुन्छ । अन्तिम पटक भए पनि आफ्नो श्रीमानको अनुहार हेर्न पाउँ भन्दै उहाँ श’व नेपाल ल्याइमाग्नको लागि विभिन्न निकाय धाइरहनुभएको छ ।

वडा देखि नगरपालिका हुँदै उहाँका आफन्तहरु जिल्ला प्रशासन कार्यालय तौलिहवा धाइरहेका छन् । तर आफूसँग आफ्नो पतिको मृ’त्यु दर्ता प्रमाणपत्र नहुँदा जिल्ला प्रशासन कार्यालबाट पहल अघि बढ्न नसकेको लक्ष्मी बताउनुहुन्छ ।

‘जिल्ला प्रशासन कार्यालय गएर कुरा राखेको हो तर त्यहाँबाट खासै पहल हुन सकेन’, लक्ष्मीले भन्नुभयो, ‘श्रीमान्को मृ’त्यु प्रमाणपत्र ल्याउ भन्नु हुन्छ, म कसरी ल्याउँ मृ’त्यु प्रमाण पत्र, साउदीमा मैले चिनेकाे काेही छैन ।”

काशीराजको मृ’त्युको खबर उहाँ काम गर्ने साउदीको कम्पनीले नै परिवारलाई दिएको हो । कम्पनीले प्रक्रिया मिलाएर श’व घर पठाइदिने भनेर आश्वासन दिएको छ । तर यताबाट प्रक्रिया अगाडि नबढ्दा श’व ल्याउन नसकिएको लक्ष्मीको दुःखेसो छ ।

तीन हप्ता बढी समय बितिसक्दा पनि शव घरमा नआउँदा पूरै परिवार शो’कमा डुबेको छ । आँखाभरि आँशु पार्दै लक्ष्मीले भन्नुभयो, ‘जे हुनु भइहाल्यो, सरकारले श’व चाँडो ल्याइदिए यसरी तड्पि’एर बस्नुपर्ने थिएन होला ।’

२०७८ जेष्ठ १७, सोमबार ०५:५४ गते 1 Minute 925 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार