शनिबार , जेठ २९, २०७८

जसपा फुटकाे संघारमा – बाबुरामले भने – हात मिलाएर आ-आफ्नो बाटो लागौं ।

जेठ १७, २०७८ सोमबार 176

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) फुट सँघारमा पुगेको छ । प्रधानमन्त्रीमा केपी शर्मा ओली नेतृत्वकाे सरकारमा सहभागी हुने वा नहुने विषयलाई लिएर दुई धार देखिएको जसपाभित्र जारी विवा’द उत्क’र्षमा पुगेको हाे ।

अध्यक्ष महन्थ ठाकुर पक्षको पूर्वराजपा प्रधानमन्त्रीमा ओलीलाई नै सहयोग गरेर जानुपर्नेमा छ । तर पूर्वसमाजवादी पार्टी बाबुराम भट्टराई-उपेन्द्र यादव भने ओलीले असं’वैधानिक कदम चालेकोले विकल्प खोज्नुपर्ने र देउवालाई सहयोग गर्नुपर्नेमा छन्।

विवाद बढ्दै गएपछि अध्यक्ष ठाकुरले अर्का अध्यक्ष यादवलाई र अध्यक्ष यादवले अर्का अध्यक्ष ठा’कुर पक्षलाई पार्टीबाटै निस्कासनसम्मको कारवाहीको चेतावनी दिइरहेका छन् । एकले अर्कोलाई स्पष्टी’करण सोध्नुका साथै नेताहरुबीच तिक्तता बढ्दै गएपछि फुट’उन्मुख भएको भट्टराईले आ-आफ्नो बाटो लाग्नुपर्ने बताएका हुन् ।

जसपाभित्र वि’वाद बढेपछि संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले हात मिलाएर आ-आफ्नो बाटो लाग्नुपर्ने बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमा लेख्नुभएकाे छ-

अहिलेको राजनीतिक सं’कट पुरानो विचार, पार्टी र नेतृत्वको सामुहिक वि’घटनको अभिव्यक्ति हो । नयाँ निर्माण निम्ति पुरानो भत्कनैपर्छ। समयले नयाँ ध्रुवीकरण खोज्दैछ, अत: मान्छे तानातान र किनबेचको तमासा नगरौं । भेडा भेडासँग र बाख्रा बाख्रासँग हुन दिऊँ ! हात मिलाएर आ-आफ्नो बाटो लागौं ! हिडिरहे फेरि भेट हुनेछ !’

पार्टीभित्र देखिएको द्व’न्द्व र सरकारमा जाने विषयलाई लिएर पार्टी कार्यालय बबरमहलमा दैनिकजसो नेताहरु अनौ’पचारिक रुपमा बसेर छलफल गर्दै आए पनि सहमति जुट्न सकेकाे छैन । सहमति नजिक पनि नपुगेपछि जसपा विभाजन गरेर अलग-अलग पार्टी चलाउनु पर्छ भन्नेमा दुबै पक्ष मानसिक रुपमा तयार भइसकेका छन् ।

प्रतिकृया दिनुहोस्