२०७८ कार्तिक १ सोमबार

१० गोलको वर्षा गर्दै विश्वकप छनौटको तेस्रो चरणमा प्रवेश ।

काठमाडौं :एसियन फुटबलको ‘पावर हाउस’ जापानले फिफा विश्वकप छनौट फुटबलमा अर्को फराकिलो जित निकालेको छ । अर्को वर्ष २०२२ मा हुने कतार विश्वकप तथा एएफसी

एसियन कप–२०२३ का लागि जारी छनौट खेलमा जापानले म्यानमारमाथि १०–० को फराकिलो जित निकालेको हो ।
शुक्रबार दोस्रो चरणअन्तर्गत भएको छैटौं खेलमा जापानले म्यानमारलाई १०–० को एकपक्षीय जितले स्तब्ध बनायो ।

यो जितसँगै जापान अन्तिम दुई खेल बाँकी छँदै विश्वकप छनौटको तेस्रो चरणमा प्रवेश गर्न सफल भएको छ भने एसियन कपका लागि पनि पूर्ण रूपमा छनौट भएको छ ।
अब जापानले समूह ‘एफ’मा ६ खेलमा १०० प्रतिशत जित निकाल्दै १८ अंक जोडेको छ । -फुटबल खबर

दोस्रो स्थानको ताजकिस्तानले अन्तिम २ खेल बाँकी छँदा १० अंक जोडेको छ । यसको अर्थ जापान अहिले नै आफ्नो समूहको विजेता बनिसकेको छ । छनौट खेलमा जापानले निकालेको यो दोस्रो ठूलो फराकिलो नतिजा हो ।

आफ्नो घरेलु मैदानमा जापानले पाहुना टोली म्यानमारविरुद्ध खेलको आठौं मिनेटदेखि गोल गर्न सुरु गरेर ९०औं मिनेटसम्म गोलको वर्षा नै गरेको थियो । जसमा युया ओसाको एक्लैले ५ गोल ठोके । त्यसैगरी, इंग्लिस क्ल लिभरपुलबाट खेल्ने ताकुमी मिनामिनोले २ गोल गरे ।

जापानका लागि पहिलो गोल आठौं मिनेटमा मिनामिनोले गरेका थिए । त्यसपछि दोस्रो गोल २२औं मिनेटमा ओसाकोले गरे भने ३०औं मिनेटमै उनैले गोल गरे । उनले दोस्रो गोल पेनाल्टीमार्फत् गरेका थिए त्यसपछि ३६औं मिनेटमै उनले आफ्नो हयाट्रिक पूरा गरेका थिए

त्यसपछि दोस्रो हाफको सुरुआतमै ह्याट्रिककर्ता ओसाकोले चौथो गोल गरे भने ५६औं मिनेटमा हिडेमासा मोरिटाले गोल गर्दै टिमको अग्रता बढाए । त्यसपछि ६६औं मिनेटमा मिनामिनोले व्यक्तिगत दोस्रो गोल गरे भने ८४औं मिनेटमा डाइची कामदाले अर्को गोल थपेर टिलाई ८–० को अग्रता दिलाए ।

जापान त्यत्तिमै अडिएन । उसले त्यसपछि पनि २ गोल थप्यो । खेलको ८८औं मिनेटमा ह्याट्रिककर्ता ओसाकोले व्यक्तिगत पाँचौं गोल गर्दा जापान ९–० को अवस्थामा पुग्यो । त्यसपपछि खेलको ९०औं मिनेटमा को इटाकुराले अर्को गोल थपेपछि जापानले खेल एकपक्षीय रूपमा १०–० को फराकिोे अन्तरमा जित्न सफल भयो । –

२०७८ जेष्ठ १७, सोमबार १४:२२ गते 1 Minute 751 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार