२०७८ आश्विन २ शनिबार

तनहुँमा पिसिआर गर्न सरकारी अस्पतालबाटै रकम उठाउने ४ कर्मचारी निलम्बित ।

पोखरा : सरकारी अस्पताल परिसरबाटै को’रोना जाँचका लागि स्वाव संकलन गरी पि’सिआर परीक्ष’ण गर्न सर्वसाधारणसँग रकम उठाउने चार जना कर्मचारी निलम्बनमा परेका छन् ।

छिटो पि’सिआर परीक्ष’ण गरिदिने भन्दै अस्पताल परिसर बाटै रकम उठाउने तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका चार कर्मचारीलाई उप’चार केन्द्रले निलम्बन गरेको हो ।

केन्द्रमा कार्यरत सुधन पन्त, आनन्दप्रसाद ढुङ्गाना, विधान तिमिल्सिना र मदन श्रेष्ठलाई २४ घण्टे स्प’ष्टीकरण पेश गर्न पत्राचार गर्दै कारवाहीको अन्तिम टुङ्गो नलागेसम्म उनीहरुलाई नि’लम्बन गरिएको उपचार केन्द्रले जानकारी दिएको छ ।

नेपालका लागि नेपाली अभियानका अभियान्ता ज्ञानेन्द्र शाहीसहितको टोलिले उनिहरुलाई अनुग’मनका क्रममा गत बुधबार अस्पताल परिस’रमा पैसा उठाउदै गर्दा फेला पारेको थियो ।

सरकारी प्रयोगशालाबाट रिपोर्ट आउन ढिलाइ हुने भन्दै सर्वसा’धारणलाई डर त्रास देखाउदै सर्वसाधारण बाट पैसा उठाइरहेको अवस्थामा अस्पतालकै कर्मचारीहरुलाई आफुहरुले फेला पारेपछि प्रहरी प्रशासनको जिम्मा लगाएको अभि’यन्ता ज्ञानेन्द्र शाहीले बताउनुभयो ।

पि’सिआर रिपो’र्टका लागि भन्दै सत्र जनासँग उठाएको रु तीन/तीन हजार नगद टोलिले बुधबार नै फिर्ता गराएको थियो भने उनीहरुको स्वा’व समेत पोखरा स्थित सरकारी सरकारी प्रयोगशालामामा ल्याएर प’रीक्षण गराएको थियो ।

घट’नापछि उ’पचार केन्द्रले गलत गर्ने उपर कारवाही हुने प्रति’बद्धता जनाएको थियो । उपचार केन्द्रमा कुनै प्रकारको कमी कमजो’री हुन नदिन प्रशासन प्रति’बद्ध रहेको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले बताउनुभयो । केन्द्रले सेवाग्राही तथा सरोकारवालाहरुबाट सदैव पाइरहेको विश्वास र भरोसा आगामी दिनमा पनि निरन्तर रहने उल्लेख गरेको छ ।-पोखरा न्युज बाट

२०७८ जेष्ठ १९, बुधबार ०७:३६ गते 1 Minute 910 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार