२०७८ आश्विन २ शनिबार

टिकटकबाट कमाएको पैसाले गरिमाले खुवाइन् ४ सय जना ग’रिब दु’खीलाई खाना

डिसी : टिकटकबाट कमाएको पैसाले मोडल गरिमा शर्माले ४ सय जना गरिब दुखीलाई खाना खुवाएकी छिन् । को’रोना महामारीका बेला सबै जना समस्यामा छन् ।

स’मस्यामा परेकाहरूलाई सक्नेले सहयोग गरिरहेकै छन् ।
यस्तै, टिकटकबाट चर्चा कमाएर म्युजिक भिडियोमा जमिसकेकी मोडल गरिमा शर्माले पनि दुखमा परेका लगभग ४ सय जनालाई खाना खुवाएर सहयोग गरेकी छिन् ।

साथै, हाम्रो टिम नेपाललाई अन्य सेवाको लागि पन्ध्र हजार नगद हस्तान्तरण पनि गरेकी छिन् । आइतबार हाम्रो टिम नेपालसँगको सहकार्यमा गरिमाले भोकाएकाहरुलाई खाना खुवाएकी हुन् ।‘जनताको पैसा जनतालाई’ भन्ने नाराको साथ टिकटकबाट आएको पैसाले उनले सहयोग गरेकि हुन् ।

‘लाइभ बस्दा फ्यानहरुले गिफ्ट पठाउनु हुन्छ । सोही गिफ्ट मैले दर्शकलाई सहयोग गरेकी हुँ ।’- गरिमाले बताईन् ।
लकडाउन अगाडि सम्म म्युजिक भिडियोमा दिनहुँ व्यस्त

हुने गरिमाले आफूले सकेको सहयोग गरेको जानकारी दिइन् । पछिल्लो समय धेरै कलाकर्मीले दुखमा परेकालाई सहयोग गरिरहेका छन् । गरिमाले पनि समाजसेवीको लिस्टमा आफ्नो नाम लेखाएकी छन् ।

२०७८ जेष्ठ १९, बुधबार ०९:५८ गते 1 Minute 742 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार