शनिबार , जेठ २९, २०७८

नेपाल ‘विश्वकप’ छनोटको अर्को चरणमा पुग्ला? यस्तो छ सम्भावना र लक्ष्य ।

जेठ १९, २०७८ बुधबार 214

काठमाडौं : सन् २०२२ मा कतारमा हुने विश्वकप र २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल खेल्न नेपाली फुटबल टोली कुवेत पुगेको छ।

इराकसँग मैत्रीपूर्ण फुटबल खेलेर नेपाल गएराति कुवेत पुगेको हो । जहाँ समूह बी का बाँकी खेल हुनेछ । नेपालले पनि आफ्नो बाँकी तीन खेल कुवेतमै खेल्नेछ । शनिबार इराकवि’रुद्ध भएको मैत्रीपूर्ण खेलमा नेपाल ६–२ गोलले पराजित भएको थियो ।

कुवेत र इराकको मौसम उस्तै भएकाले पनि नेपाललाई इराकमा खेल्दा केही फाइदा पुगेको छ । नेपालले अब जेठ २० गते चाइनिज ताईपेई, जेठ २४ गते जोर्डन र जेठ २८ गते अष्ट्रेलियासँग खेल्नेछ । नेपालले यसअघि अवे लेगको खेल तीनवटै टिमसँग खेलिसकेको छ ।

खासमा यी सबै खेल नेपालले घरेलु मैदानमा खेल्नुपर्ने थियो । तर कोरोना महामारीले गर्दा त्यो अवसर गु’म्यो र एएफसीले समूह बी को बाँकी खेल कुवेतमा गर्ने निर्णय गरेको हो ।

नेपालको स्थिति

समूह बी मा ५ खेल खेल्दा नेपालले १ जितबाट ३ अंक जोडेको छ र ५ टिममा चौथो स्थानमा छ । नेपालले अवे मैदानमा चाइनिज ताइपेईलाई २–० ले हराएको थियो जुन छनोटमा नेपालको गोल गरेको एक मात्र खेल समेत हो ।

त्यसबाहेक नेपाल अष्ट्रेलियासँग ५–० र जोर्डनसँग ३–० ले पराजित भएको थियो । यस्तै कुवेतसँग अवे मैदानमा ७–० ले परा’जित भएको नेपालले होम म्याच भने भुटानको थिम्पुमा खेलेको थियो र त्यसमा १–० ले परा’जित भयो ।

२०१९ मा खेलेको कुवेत विरुद्धको त्यही खेलपछि नेपालले छनोटमा खेल्न लागेको हो । समूह बी मा चारवटै खेल जितेको अष्ट्रेलिया १२ अं’कसहित शीर्ष स्थानमा छ । कुवेत र जोर्डनको समान १० अंक छ । गोलअन्तरमा कुवेत अगाडि रहँदै दोस्रो स्थानमा छ ।

अबको प्रक्रिया

विश्वकप र एसियन कपको संयुक्त छनोटको रुपमा रहेकाले यसमा दुईवटा बाटो छ । कतार विश्वकपका लागि अर्को चरणमा पुग्ने नेपालको सम्भावना लगभग सकिसकेको छ ।
एसियाली क्षेत्रमा अहिले ४० टिमले छनोट खेलिरहेको छ । जसमा सहभागी टिमलाई ८ समूहमा विभाजन गरिएको छ ।

हरेक समूहको समूह विजेता ८ र उपविजेता हुनेमध्ये उत्कृष्ट चार टिम गरी कुल १२ टिम विश्वकप छनोटको तेस्रो चरणमा पुग्नेछ भने एसिया कपका लागि सिधै छनोट हुनेछ ।
नेपालको लागि यो ढोका लगभग बन्द भइसकेको छ । अब नेपालको एक मात्र लक्ष्य एसियन कपका लागि छनोट चरण खेल्ने नै हो । त्यसका लागि पनि दुई बाटा छन् ।

यदि नेपालले समूहमा दोस्रो वा तेस्रो स्थानमा सकाउन सके सिधै एसियन कपको तेस्रो चरणमा छनोट हुनेछ । यस्तै छनोटमा चौथो हुने आठमध्ये उत्कृष्ट चार टिम पनि तेस्रो चरणको छनोटका लागि छनोट हुनेछ ।

बाँकी चार टिम र अन्तिम हुने चार टिमले भने एसियन कपका लागि छनोट चरणमा पुग्न प्लेअफ खेल्नुपर्नेछ ।नेपाल समूहमा चौथो भए पनि चौथोमध्ये उत्कृष्ट चारमा परेमा सिधै तेस्रो चरणमा पुग्नेछ । पाँचौ भएमा भने प्लेअफ खेल्नुपर्नेछ ।

नेपालको लक्ष्य र सम्भावना

नेपालको अन्तिम लक्ष्य एसिया कपमा पुग्नु नै हो । तर त्यो यात्रा त्यति सहज भने छैन । नेपालले अहिलेसम्म एसिया कप खेलेको छैन । यस पटक नेपालको नयाँ कुवेती प्रशिक्षकले पनि नेपालको लक्ष्य माथि पुग्ने हुनुपर्ने बताएका छन् । नेपालले अहिलेसम्म साफ समेत जित्न सकेको छैन ।

तर कुवेती प्रशिक्षक अब्दु’ल्लाह अलमुताइरीले नेपाललाई अहिले नयाँ शैलीमा खेलाइरहेका छन् र युवा खेलाडी तयार पार्दैछन् ।
छनोटमा पनि नेपालको ध्यान एसिया कपमै छ । त्यसैले नेपालले चाइनिज ताइपेई र जोर्डनविरु’द्धको खेलमा बढी जोड दिनुपर्नेछ । यदि नेपालले चाइनिज ताइपेईलाई हराएमा र उत्कृष्ट चौथो भित्र अटाएमा सिधै तेस्रो चरणको छनोटमा पुग्नेछ ।

जहाँ २४ टिम हुनेछ र ६ समूहमा विभाजन गरेर दुई लेगको खेल खेलाइनेछ । अनि ६ वटै समूहको विजेता र उपविजेता एसिया कपमा छनोट हुनेछ । यदि नेपाल छनोटअन्तर्गत समूहमा पाँचौ भएमा भने प्लेअफ खेल्नुपर्नेछ । त्यस्तो अवस्था आए नेपालले धेरै खेल्नुपर्नेछ।

छनोटमा ८ समूहमध्ये चौथो हुने कमजोर ४ टिम र पाँचौ हुने ८ टिमले तेस्रो चरणको लागि दुई लेगको प्लेअफ खेल्नेछ । त्यसमा पहिलो चरणको प्लेअफबाट ६ टिम तेस्रो चरणमा छनोट हुनेछ । बाँकी ६ मध्ये ३ टिम अर्को प्लेअफबाट तेस्रो चरणको छनोटमा पुग्नेछ । प्लेअफ नकआउट फम्र्याटमा हुनेछ र दुई लेगको खेल हुनेछ । यदि टिमको गोलसंख्या बराबर भएमा अवे गोल गणना हुनेछ । -डडेल्धुरा न्युज

प्रतिकृया दिनुहोस्