बिहिबार , साउन २१, २०७८

उद्देश्य नमिलेका तत्वहरू बाहिरिएपछि पार्टी गतिशील भएको छ :- प्रधानमन्त्री ओली

फागुण १, २०७७ शनिबार 396

बुटवल – प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पार्टी अहिले गतिशील भएको बताएका छन्। बुटवलमा आज आयोजित आमसभालाई सम्बोधन गर्दै ओलीले उद्देश्य नमिलेका तत्वहरू बाहिरिएपछि पार्टी अनुशासित र गतिशील भएको बताएका हुन्।

‘पार्टी फुटेको छैन, उद्देश्य नमिलेका तत्वहरू पार्टी छोडेर बाहिरिएका हुन्,’ उनले भने, ‘तीन वर्षदेखि संवैधानिक आयोग बन्न सकेका थिएनन्, उहाँहरू (दाहाल–नेपाल समूह) हट्नु भयो आयोगहरू बने, तगारो को रहेछ ?’प्रधानमन्त्री ओलीले अहिले दाहाल–नेपाल समूह संकीर्ण डम्फु बजाइरहेको बताएका छन्।

‘संसद् विघटन, चुनाव हुने, ताजा जनादेशका लागि जानु प्रतिगमन हो रे,’ उनले प्रश्न गरे, ‘जनतामा जानु पनि प्रतिगमन हुन्छ ? तपाईंहरू (दाहाल–नेपाल समूह)ले कस्तो व्यवस्था खोजेको ?’

प्रतिकृया दिनुहोस्