२०७८ कार्तिक ११ बिहीबार

असार १ गतेदेखि दुई महिना मेलम्चीको पानी नआउने !

काठमाडौं : आगामी असार १ गतेदेखि दुई महिना मेलम्चीको पानी नआउने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)का अनुसार सुरुङ’मार्गको परी’क्षण गर्न पानी बन्द गर्न लागिएको हो ।

केयूकेएलका अनुसार सुरु’ङमार्ग परी’क्षणका लागि खाली गर्न मात्र १५ दिन लाग्ने र त्यसपछि विज्ञ र प्राविधिकले सुरुङभित्र गएर त्यहाँको अवस्था अध्ययन गर्नेछन् । सुरुङ परीक्ष’णका क्रममा केही समस्या देखिएमा तत्कालै त्यसको समाधान गरिने बताइएको छ ।

यसरी सुरुङ परी’क्षण गर्न समय लाग्ने भएकाले करिब दुई महिना पानी नआउने के’यूकेएलले जनाएको छ । मेलम्चीबाट दैनिक १७ करोड लिटर ल्याएर उपत्यकाका विभिन्न ठाउँमा वितरण भइरहेको छ ।

यता : महोत्तरीमा चौथो पटक निषे’धाज्ञा जारी गरिएको छ । यही जेठ १० गतेदेखि आज जेठ २० गते मध्यरातसम्मलाई तेस्रो पटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन

कार्यालय महो’त्तरीले जेठ ३१ गते मध्यरातसम्मका लागि जिल्लाभरि लागु हुने गरी पुनः ११ दिन थप गरेको हो । पहिलो पटक गत वैशाख २२ गतेदेखि ३१ गतेसम्मका लागि निषे’धाज्ञा जारी गरिएको थियो । त्यसयता जेठ १ र १० गते क्रमशः दोस्रो र तेस्रो पटक निषे’धाज्ञा जारी गरिएको हो ।

जिल्लामा को’भिड–१९ सङ्क्र’मणको दर घट्दै गए पनि जो’खिम कायम नै रहेको हुँदा भिड’भाड र हिँड’डुल रोक्न निषे’धाज्ञाको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताउनुभयो । यस अव’धिभर सार्वजनिक यातायातका साधन, होटल, हाटबजार सञ्चालन नहुने र घुमफिर र भेला जमघट केही गर्न नपाउने गरी रोक लगाइएको छ ।

अत्यावश्यक सामग्री आपू’र्ति गर्ने साधन (अस्पताल, औ’षधि पसल, दुध, पानी, खाद्यान्न आ’पूर्ति गर्ने साधन, एम्बु’लेन्स, श’ववाहनसहित अत्यावश्यक सेवा) भने सञ्चालन हुने स्पष्ट पारिएको छ । जिल्लामा अहिले बुधबारसम्म यसपालि गत वैशाख १४ गतेयता महा’व्याधि सङ्क्र’मणले ६९ जनाको ज्या’न गइसकेको छ ।

यस अव’धिमा दुई हजार ३३२ जनामा सङ्क्र’मण पु’ष्टि भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ । यस अव’धिमा ४८५ जनाले सङ्क्र’मण जितेका छन् । अब एक हजार ७७८ जनामा अझै सङ्क्र’मण पाइएको कार्यालयका को’भिड–१९ स्रो’तव्यक्ति प्रतिभा सिंहले जानकारी दिनुभयो ।

२०७८ जेष्ठ २०, बिहीबार १६:२९ गते 1 Minute 553 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार