आइतबार , जेठ ३०, २०७८

बिपक्षीलाई हराउँन नेपाली टिमले कुबेतमा थाल्यो अभ्यास, कोचले सिकाए गोल ठोक्ने तरिका !

जेठ २०, २०७८ बिहिबार 239

काठमाडौँ : फिफा विश्वकप छनौट र एसिया कप छनोट २०२३ का बाँकी खेलका खेलका लागि कुबेत पुगेको नेपाली राष्ट्रिय फुटबल टोलीले तयारी थालेको छ ।

पहिलो दिन दिउँसो जिममा शारिरिक ब्यायम गरेका खेलाडीले गएराति भने कुबेत स्थित काम्जा स्पोट्स क्लबमा अभ्यास थालेको छ । नेपाली टोली आइतबार साँझ करिब २ घण्टाको स्थलमार्ग हुँदै कुवेत प्रस्थान गरेको हो ।

कुबेतमा नेपाली टिमले बिश्वकप छनोटका तिन खेल खेल्नेछ । पहिलो खेल जुन तीन चाइनिज ताइपेई, जुन सातामा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ ।

यस्तो छ २३ सदस्यीय नेपाली टोली

किरण चेम्जोङ,अन्जन बिस्ट, विशाल सुनार, दीप कार्की, अनन्त तामाङ, गौतम श्रेष्ठ, सुमन अर्याल, अभिषेक रिजाल, विशाल राई, सुनिल बल, आशिष लामा, पुजन उपरकोटी, एरिक विष्ट, सुमन लामा, अन्जन बिस्ट, मनिष डाँगी, सन्तोष तामाङ, नवयुग श्रेष्ठ, आयुश घलान, सुरज जिउ ठकुरी, कमल थापा, रोहित चन्द, दिनेश राजबंशी, विकाश खवास।

प्रतिकृया दिनुहोस्