२०७८ कार्तिक ११ बिहीबार

नेपाली हौँ कहिल्यै हार मान्दैनौं, धर्य राख्नुस्, जितेर देखाउँछौं ।

काठमाडौ : गयराती फिफाको विश्व वरियतामा आफू भन्दा १०३ स्थान माथि रहेको इराकसँग ६-२ गोलको हार बेहोरे पनि नेपाली टोलीले कहिल्यै पनि हार नमान्ने नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशुक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन्।

खेलपछि बोल्दै प्रशिक्षक अलमुताइरीले हिजोको खेलमा केहि सकारात्मक र केहि पक्षमा नकारात्मक रूपमा सकिएको पनि बताएका छन्। इराक विरु’द्ध खाएको ६ गोल मध्ये नेपालले ३ गोल भने डिफेन्सको प्रष्ट गल्तीको कारण भएको थियो। जुन गल्ती नै नेपालको भारी बन्न पुग्यो।

तर अबको गल्तीबाट सिक्दै नेपालले अब आउने खेलमा ध्यान दिनु पर्ने उनले बताए। प्रशिक्षक अलमुताइरीले नेपालीले कहिल्यै हार नाम्माने पनि स्पष्ट पारे। यसअघि नै अब्दुल्लाहले नेपालको हारको जिम्मेवार आफू रहेको भनेर सारा नेपाली सामु माफी मागिसकेका छन्। उनले नेपालले छोटो समयका लागि प्रशिक्षण गरेर खेल्दा पनि राम्रो प्रदर्शन गरेकोले भविष्यमा राम्रो नतिजा

आउने भन्दै सारा नेपाली फुटबल समर्थकलाई धर्य राख्न पनि आग्रह गरेका छन्। अब्दुल्लाहले सामाजिक संजाल मार्फत पनि माफी मागेका हुन्। उनले हारको सम्पूर्ण जिम्मेवारी आफू लिने भन्दै खेलाडीहरुको आलोचना नगर्ने नेपाली समर्थक माझ आग्रह गरेका छन्।

खेलपछि बोल्दै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले खेल र टोलीको प्रदर्शनबारे यसो भने !

म सबै नेपाली समर्थकसँग खराब नतिजाको लागि माफी माग्न चाहन्छु । खेलमा २-१ ले अघि भएको बेलामा यस्तो अवसर थियो जसलाई सदुपयोग गरेको भए हामी ३-१ ले अघि हुन्थ्यौ र जित्न पनि सक्थ्यौं । तर हामीले यो १०-१२ दिन प्रशिक्षण गरेर खेलेका हौं । हामीलाई अझै केहि समय चाहिन्छ । केहि धैर्य गर्नुहोस ।

यो नतिजाको सम्पूर्ण जिम्मेवारी म लिन्छु । खेलाडीहरुलाई दोष दिने कुनै ठाउँ छैन । हामीलाई अझ राम्रो प्रदर्शन गर्न केहि समय लाग्छ । हामी विश्वकप छनोटमा पक्कै राम्रो नतिजा आउनेछ ।

आज हामीले धेरै खुसी दिन त सकेनौं, तर अलि अलि आशा दिलाएका छौं । हामीले २ गोल त गर्यौं । केहि खुसी दिन सक्यौं, तर आउने दिनमा नेपाली समर्थकलाई खुसी बनाउने छौं ।

खेलाडीले राम्रो प्रदर्शन गरेका हुन् । अब केहि धैर्य गरेर खेलाडीमाथि विश्वास गर्नुपर्छ । केहि प्रश्न छ भने म माथि उठाउनु पर्छ, खेलाडीलाई होइन । सबै राम्रो हुने आशा छ ।

आजको खेलमा निकै खराब गल्ती भयो । आजको मैदानको अवस्था र नयाँ किसिमको बलले गर्दा पनि हाम्रो गल्ती भएको हो । इराकको चार गोल त यस्तै गल्तीले गर्दा नै सम्भव भयो ।

अब आउने खेलका लागि हामीसँग केहि समय हुन्छ । विश्वकप छनोटमा थप सुधारिएको खेल हुनेछ । र त्यसपछि लामो तयारीले खेलाडीमा अझै राम्रो प्रदर्शन आउने विश्वास दिलाउन चाहन्छु । -विगुल न्युज

२०७८ जेष्ठ २०, बिहीबार १८:४३ गते 1 Minute 606 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार