२०७८ कार्तिक ९ मंगलवार

अबदेखि प्रत्येक बुधबार श्रम स्वीकृति दिइने ।

काठमाडौं : वैदेशिक रोजगार कार्यालय ताहाचल आगामी बुधबारबाट हप्ताको एक दिन खुल्ने भएको छ । मंगलबारबाट केही श्रम गन्तव्यहरुमा अन्तर्राष्ट्रिय उडान सुचारु हुने

भएपछि वैदेशिक रोजगारीमा जाने कामदारको अीन्तम श्रम स्वीकृति दिन अर्को सूचना नभएसम्म हप्ताको एक दिन बुधबार कार्यालय खुलाउने सहमति भएको नेपाल वैदेशिक रोजगार व्यवसायी महासंघका महासचिव सुजित कुमार श्रेष्ठले जानकारी दिए ।

उक्त दिन अन्तिम स्वीकृतिको काम मात्र हुने बताइएको छ । ताहाचल कार्यालयले निशेषज्ञाको अवस्थामा अनलाइन मार्फत पुनः श्रम स्वीकृति प्रदान गरिरहेको छ । महासचिव श्रेष्ठले व्यवसायी तथा कामदारहरुलाई श्रम स्वी’कृति लिने विषयमा केही थप जानकारी लिनु परेमा संघको फेसबुक पेज, संघको मेलमा सम्पर्क वा म्यासेज गर्न आग्रह गरेका छन् ।

गत बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले चीन, कतार र टर्कीका लागि सातामा एक दिन नियमित उडान खोल्ने निर्णय गरेको थियो । सो अनुसार मंगलबारदेखि कतारको राजधानी दोहा, टर्कीको इस्ता’नबुल र चीनका कुनै पनि स्थानमा अन्तर्राष्ट्रिय उडान हुने छ ।

नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्टको तीव्र संक्रमण बढेपछि सरकारले गत बैशाख २० गतेदेखि आन्तरिक र २३ देखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोकेको छ ।

वैदेशिक रोजगार व्यवसायीहरुले नेपाली कामदारका प्रमुख श्रम गन्तव्य मुलुकमा को’रोना सं’क्रमण निय’न्त्रणमा आई आर्थिक गतिविधि बढेको भन्दै नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग गर्दै आएका छन् ।-साझा सबाल

२०७८ जेष्ठ २१, शुक्रबार ०४:५१ गते 1 Minute 355 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार