२०७८ कार्तिक ११ बिहीबार

सिपी मैनाली भन्नुहुन्छ : केपी ओली नागरिकताका ठूला व्यापारी हुन्, कम्युनिस्ट होइनन् ।

काठमाडौ : सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेश विवादित बनेको छ। विघटित प्रतिनिधिसभामा विचा’राधीन विधेयक छलेर सरकारले अध्यादेश ल्याएपछि अहिले त्यसको सर्वत्र वि’रोध भइरहेको छ।

आफ्नो पद जगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्या’देशलाई ह’तियार बनाएपछि उनको सर्वत्र आलोचना भइरहेको छ। सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले सत्ताका लागि प्रधानमन्त्री ओली जुन सुकै स्तरमा गिर्न तयार हुने टिप्पणी गरेका छन्।

संसदमा विचाराधीन राष्ट्रिय सरोकारको मुद्दालाई जुन किसिमले कार्यपालिकीय कानुनद्वा’रा लागू गर्न खोजिएको छ, त्यो भने निःसन्देह आश्चर्यजनक र आपत्तिजनक रहेको विज्ञहरू बताउँछन्। संसद्मा विश्वासको मत पनि नपाएपछि स्वतः कामचलाउ भैसकेको सरकारले प्रतिनिधिसभा वि’घटन

हुने अघिल्लो दिन अध्यादेश सिफारिस गरेर राष्ट्रपतिले विघटनको लगत्तै दुई दिनपछि जारी गर्नुमा ग’म्भीर जा’लसाजी उनीहरूको भनाई छ। संसदमा नागरिकता विधेयक पेस भएपछि त्यसमा विभिन्न को’णबाट बहस भइरहेको थियो।

त्यति बेला पनि उक्त विधे’यक वि’वादित बनेको थियो। नेकपा मालेले नागरिकता विधेयकमाथि क’डा आ’पत्ति जनाउँदै वि’रोध गरेको थियो। करिब एक वर्ष पहिले नागरिकता विधेयवि’रुद्ध आयोजित सार्वजनिक सुनवाइ कार्यक्रममा नेकपा मालेका महासचिव सिपी मैनालीले भनेका थिए, ‘पैसाले सिफारिस केने, यस्ता ७५ प्रतिशत मान्छेहरूले जन्मसि’द्ध नागरिकता लिएका छन्।

यसरी नागरिकता लिनेहरू ठूलो संख्यामा भारतमा छन्। भारतको विधानसभाको चुनावमा भारतीय उम्मे’दवारले दोहोरो नागरिकताले लिनेले हामीलाई अ’प्ठेरो पारे भनेका थिए। यी मान्छेहरू त्यहाँ छन्। जब काम पर्छ, यहाँ आउँछन्।’

जन्मसि’द्ध नागरिकता लिएका नागरिकहरूलाई भारतले आफ्नो अनुकूलको उम्मेदवारलाई जिताउन प्रयोग गर्ने गरेको उनको भनाई थियो। नेपालमा आफ्नो प्र’भुत्व जमाउन भारतले त्यस्ता नागरिकलाई प्रयोग गर्ने मैनालीको तर्का थियो। अन्धाधु’न्ध नागरिकता बाँड्दा नेपालको स्वाधीनतामाथि आँचपु¥र्‍याउने उनको दा’बी छ। जन्मसि’द्ध नागरिकता प्राप्त गरिसकेका व्यक्तिहरूको नागरिकतामाथि छानबिन गरिनुपर्ने मैनालीको माग थियो।

‘दिल्लीको निर्देशन अनुसार काम गर्ने उम्मेदवारलाई जिताउन पर्‍यो भने उनीहरू खुरुखुरु आउँछन्। नागरिकता देखाउँछन् भोट हाल्छन्। महेन्द्र नारायण निधीका छोरा विमेलेन्द्र निधी हार्ने, अंगिकृ’त नागरिक भएर आउने राजेन्द्र महतो जित्ने, कसले भोट दियो रु यस्तै किर्ते नागरिकले भो’ट दिएर जितेका हुन्। यस्ता किर्ते नागरिकहरू ७५ प्रतिशत छन्। यनीहरु अंगिकृत नागरिक होइन।

जन्मसि’द्ध नागरिक हुन्। जन्मको आधारमा उनीहरूले नागरिकता लिएका छन्,’ उनले भनेका थिए, ‘हाम्रो माग हो यिनीहरूको छा’नबिन हुन प¥र्‍यो। अधिकार सम्पन्न उच्चस्तरीय नागरिकता छानबिन बनाउनु पर्छ। विदेशमा बसेर नेपालको नागरिकता लिनेको नागरिकता खारेज गर्ने विधि निकाल्नु पर्छ। २०४६ साल चैत मसान्त भित्र नजन्मेकालाई नागरिकता दिन रोक्नु पर्छ। अर्को मिति बढाइनु हुँदैन।’

मैनालीले आफू मधेसका जिल्लाहरूमा जाँदा सुनेको प्रसंग सुनाउँदै भनेका थिए, ‘जुन छोरीको भारतमा बि’हे गर्ने हो, उसको पहिले कुमारी नागरिकता दिएर मात्र बिहे गर्ने रे१ कुमारी नागरिकता दिएपछि छोरी यतै बस्ने, ज्वा’इँले छोरीको नाममा जग्गा किन्ने। अनि ज्वाइँ छोरीको घरमा गुड बनाएर बस्ने भयो। केही वर्षपछि सासू ससुराले आमा बाउ भइदिनु पर्ने वा अर्को आमा बुवा खोजिदिनुपर्ने। अनि उसले पनि नागरिकता पाउँछ।’

हेर्नुहोस् भिडियो !

२०७८ जेष्ठ २१, शुक्रबार ०५:३३ गते 1 Minute 811 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार