आइतबार , साउन १०, २०७८

दुबो यति धेरै रोगहरुको लागि रामवाड हो, जानिराखाै ।

जेठ २१, २०७८ शुक्रबार 798

अक्सर पूजापाठमा दुबो अनिवार्य मनिन्छ । दुबोको आर्युवेदमा खास महत्व छ । यसलाई महाऔ’षधी मानिन्छ । बाहिरी घाउदेखि भित्री रोगसम्म निको पार्ने क्षमता हुन्छ, दुबोमा ।

मधुमेहको जो’खिम कम गर्नदेखि र’क्तअ’ल्पताबाट बचाउनका लागि समेत उपयोगी हुन्छ, दुबो । त्यसो त यसलाई छालाको सौन्दर्यका लागि पनि प्रयोग गर्न सकिन्छ । आँखामा कुनै संक्र’मण भएमा दुबोको र’स निकालेर राम्ररी छानेर त्यसको

केही थोपा आँखामा चुहा’उनुपर्छ, निको हुन्छ । दुबोको अर्को विशेषता भनेको, यो जहाँपनि सजिलै उम्रन्छ । अक्सर औषधिय गुणका बनस्पति दुर्लभ हुन्छ । तर, दुबो जताततै पाइन्छ । दुबोको यहि बि’शेषताको कारण त भनिएको हो, ‘दुबो जस्तो मौलाओस् ।’

आर्युवेदका अनुसार बहु’गुणी बनस्पति दुबोलाई जुसको रुपमा समेत सेवन गर्न सकिन्छ । दुबोको रसमा प्रोटिन, कार्बोहा’इड्रेट, क्या’ल्शियम, फा’इबर, पोटा’सियम प¥र्याप्त मात्रामा पाइन्छ ।

हरेक दिन निश्चित मात्रामा दुबो सेवन गर्नु स्वास्थ्यका लागि अति लाभदायक मानिन्छ । त्यसो त दुबो सामान्य अवस्थामा पनि सेवन गर्दा लाभदायक हुन्छ । सफा ठाउँमा उम्रिएको दुबोलाई टिपेर पखाल्ने । त्यसलाई पिसेर रस निकाल्ने । उक्त रसमा पानी मिश्रण गरेर पिउन सकिन्छ ।

साथसाथै सफा दुबोलाई पानीमा उमालेर त्यसको रस सेवन गर्न सकिन्छ । आँखा पाकेको वा आँखामा कुनै किसिमको संक्रमण छ भने दुबोको रस रामबाण हुनसक्छ । दुबोको रस पातलो कपडामा छान्ने । अब सफा रसलाई आँखामा लगाउनुपर्छ । सं’क्रमण ठिक हुन्छ ।

दुबोलाई त्यसै चपाएर पनि सेवन गर्न सकिन्छ । यसको स्वाद हल्का गुलियो हुन्छ । साथै दुबोमा खाली खुट्टा हिँड्नु पनि राम्रो मानिन्छ । उच्च रक्त’चाप, मधु’मेहको रोगीले बिहान दुबोमा खाली खुट्टा हिँडडुल गर्नु निकै फाइदाजक हुने बताइन्छ ।

कुन कुन रोगमा उपयोगी ?

दुबोको रसमा पोषक तत्व हुने भएकाले यो स्वास्थ्यका लागि त्यसैपनि फाइदाजक छ । साथसाथै क’ब्जियत, क’लेजोको रोग, यौ’नरोगमा दुबो अत्यान्तै लाभदायक हुनछ । शरीरको विकार हटाउँछ । यसले रगतलाई शु’द्धिकरण गर्न सघाउँछ । पि’साबमा खरा’बी छ भने दु’बोको रस फाइदाजनक हुन्छ । नाकको समस्या पनि दुबो लाभदायक हुन्छ ।

सामान्य अवस्था वा’न्ता भए, ना’थ्री फुटे, छाती पोले, जिउ चिलाए, शरीरको कुनै भाग सुन्निएमा दुबोको प्रयोग गर्न सकिन्छ । दुबोको उपयोगिता यतिमात्र छैन । यो दीर्घ रोगहरुको निदानमा पनि प्रभा’वकारी मानिन्छ । खासगरी मधुमे’ह, उच्च रक्त’चाप, न’पुङ्सकता आदिमा दुबोको रस उपयोगी हुन्छ ।

प्रतिकृया दिनुहोस्