२०७८ कार्तिक ८ सोमबार

नेपालमा आउने मनसुनी प्रणाली भारतको केरलामा पुग्यो ।

काठमाण्डौ : नेपालमा आउने मनसुनी प्रणाली भारतको केरलामा पुगेको छ। नेपालमा आउने मनसुनी प्रणाली बंगालको खाडीमा विकास भएर हिजो बेलुका भारतको केरलामा आइपुगेको हो ।

त्यो प्रणाली एक हप्तामा नेपाल आइपुग्ने सम्भावना रहेको उनले बताइन्। सन् २०१० देखि २०२० सम्मको औसत विवरणअनुसार नेपालमा जुन १३ मा मनसुनी प्रणाली आइपुग्छ । यस वर्ष पनि जुन १३ अर्थात जेठ ३० गते आसपासमै नेपालमा आउने मौसमविद्ले बताएका छन्। यस वर्षको मनसुनमा औसतभन्दा धेरै पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सुर्खेत : कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुलुकमा भएका सबैखाले विभे’दकारी कु’प्रथाको अन्त्यका लागि सक्रिय भएर लाग्न आह्वान गर्नुभएको छ । ‘जातीय भेदभाव तथा छु’वाछूत उन्मूलन दिवस’ अवसरमा कर्णाली प्रदे’शवासी तथा सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोत्तर प्रगति कामना गर्दै प्रदेश

प्रमुख कलौनीले जातीय जातीय तथा छु’वाछूतमुक्त राष्ट्रमा वि’भेदकारी कु’प्रथा हुन नहुनेमा जोड दिनुभएको छ । वि’भेदले मुलुकको शान्ति, विकास र समृ’द्धिमा अवरोध पुग्ने भएकाले समाजमा विद्यमान वि’भेदकारी कुप्र’था अन्त्यका लागि सबै सरोकारवाला स’क्रिय लाग्न उहाँले आह्वान गर्नुभएको हो ।

प्रदेश प्रमुखद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “विसं २०६३ जेठ २१ गते नेपाल सरकारले जातीय छुवाछुतमुक्त राष्ट्र घोषणा गरेअनुसार नेपालमा जातीय छु’वाछूत, उत्पी’डन र विभेदको अन्त्य गर्न राष्ट्रिय दलित आयोगलाई संवैधानिक अङ्गको मान्यता दिइएको छ र राज्यका सबै निकायमा समानुपातिक समावेशी सि’द्धान्तका आधारमा सहभागिता हुने कुरा संविधानको मौलिक हकले सुनिश्चित गरेको छ ।

हाम्रो विविध जातजाति र धर्म सं’स्कृतिबीचको एकता नै हाम्रो समाजको विशेषता हो भन्ने देखाएको छ । यही भावना र सोच हामीमा कायम भइरहोस् ।” जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसुर र सजाय) ऐन २०६८ (संशोधन) २०७५ र जातीय भे’दभाव तथा छु’वाछूत (कसुर र सजाय) नियमावली,

२०७४ जस्ता कानून निर्माण भई कार्या’न्वयनमा गइसकेकाले जातीय तथा छुवा’छूत वि’भेद नगर्न र यदि गरेको खण्डमा क’सुरदारलाई कै’द र जरि’वानाको समेत व्यवस्था गरिएको उहँले प्र’ष्ट्याउनुभएको छ ।

यसबाट दलि’त समुदायमाथि भएका वि’भेद र उत्पी’डन क्रमशः अन्त्य हुने आधार निर्माण हुँदै गएको महसुस भएको जनाउँदै प्रदेश प्रमुख कलौनीले दिवसले जातीय भेदभाव तथा छु’वाछूतरहित समाज निर्माण गर्ने प्रेरणा सबैलाई मिल्ने विश्वास रहेको बताउनुभएको छ ।

२०७८ जेष्ठ २१, शुक्रबार १०:३१ गते 1 Minute 616 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार