२०७८ कार्तिक ११ बिहीबार

राजेन्द्र महतो उपप्रधान तथा शहरी विकास मन्त्री, अरु मन्त्रालयको बाँडफाँट यस्तो छ ।

काठमाण्डौ : जसपाका अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री केपी ओलीबीच मन्त्रीमण्डल विस्तारमा सहमति जुटेको छ । जसपाबाट राजेन्द्र महतोको नेतृ’त्वमा सरकारमा जाने निश्चित भएको हो ।

महतो उपप्रधान तथा शहरी विकास मन्त्री बन्ने भएका छन् भने ऊर्जा, जल’स्रोत तथा सिँचाईमन्त्रीमा शरदसिंह भण्डारी, खानेपानी तथा सरसफाई मन्त्रीमा अनिल झा र भूमि व्यवस्था, सहकारी तथा गरिबी नि’वारण मन्त्री लक्ष्मणलाल कर्ण बन्ने भएका हुन् ।

त्यसैगरी विमल श्रीवास्तव श्रम , रोजगार, तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया वन तथा वातावरण, चन्दा चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, एकवाल मिया युवा तथा खेलकूद र चन्द्रकान्त चौधरी उर्जाराज्य मन्त्री बन्ने भएका हुन् । उनीहरुलाई आजै मन्त्री नियुक्त गरेर सपथ गराउने तयारी भइरहेको छ ।

थप समाचार,
७२ सिटे जहाजबाट तुम्लिङटार विमानस्थलमा परीक्षण उडान ।

काठमाडौँ : निजी क्षेत्रको लगानीमा सञ्चालित बु’द्ध एयरको ७२ सिट क्षमताको एटीआर–७२ जहाजले तुम्लिङटार विमानस्थल परीक्ष’ण उडान गरेको छ । यसअघि एटीआर–४२ र बिचक्राफ्ट जहाजबाट उडान गर्दै आएको बुद्धले शुक्रबार एटीआर–७२ जहाजबाट उक्त विमानस्थलमा प’रीक्षण उडान गरेको हो ।

बुद्धले नागरिक उड्डयन प्राधि’करण क्यानका पदाधिकारी, एयरका अ’परेशन तथा टे’क्निकल टिमले परी’क्षण उडान गरेको जनाइएको छ । बहत्तर सिटे जहाजबाट उक्त विमानस्थलमा उडान गर्दा जहाजको सञ्चालन खर्च कम हुने र बढी यात्रु बोक्दा हवाई भाडामा कमी आउने अपेक्षा गरिएको बुद्ध एयरका बजार निर्देशक रुपेश जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसअघि रु पाँच हजार ८०० भाडा रहेको तुम्लिङटारमा ठूलो जहाजबाट उडान शुरु भएसँगै रु तीन हजार ५०० सम्म हुने अनुमान गरिएको छ । तुम्लिङबाटर विमानस्थल एटीआर–७२ जहाजको सफल उडान–अवतरण भएको पहाडी क्षेत्रको पहिलो विमानस्थल रहेको जनाइएको छ ।

हाल तुम्लिङटार विमानस्थलमा बुद्धले ४२ सिट क्षमताको एटीआर जहाज र यती एयरलाइन्सले २५ सिट क्षमताको जे’टस्ट्रिम जहाजबाट उडान गर्दै आएका छन् । कोरोना महामारी सकिएर नियमित उडान शुरु भएसँगै उक्त विमानस्थलमा ७२ सिट क्षमताका जहाजबाट उडान शुरु हुने बुद्धले जनाएको छ ।

नौ वटा एटीआर–७२, तीनवटा एटीआर–४२ र दुई वटा बिचक्रा’फ्ट गरी १४ जहाजबाट बुद्धले दैनिक १०० उडान गर्दै आएको छ । बुद्धले हाल भद्रपुर, तुम्लिङटार, विराटनगर, राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा उडान गरिरहेको छ । काठमाडौँ, पोखराबाट माउन्टेन फ्लाइट गरिरहेको छ ।

२०७८ जेष्ठ २१, शुक्रबार १८:०२ गते 1 Minute 519 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार