२०७८ आश्विन १३ बुधबार

वनमन्त्री आले ‘आउट’, एकबाल मिया ‘इन’ !

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्ष ८ मन्त्रालयसहित ओली सरकारमा सहभागी हुने भएको छ । मन्त्रीहरुको सपथ केहीबेरमा हुँदैछ ।

हाल ओली सरकारमा ८ मन्त्रालय सम्हाल्दै गरेका मन्त्रीहरुमध्ये तीन मन्त्री भने मन्त्रालयविहीन हुने भएका छन् ।महिला बालबालिकामन्त्री जुलीकुमारी महतो, वनमन्त्री प्रेम आले र भूमिव्यवस्थामन्त्री डा. शिवमाया तुम्बाहाम्फेले सम्हाल्दै आएको

ठाउँमा जसपाबाट मन्त्री बन्नेहरुले मन्त्रालयको कमान्ड सम्हाल्दै छन् । उनीहरुको ठाउँमा चन्दा चौधरीले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, एकबाल मियाले आलेले सम्हाल्दै आएको वन तथा वातावरण मन्त्रालय, र लक्ष्मणलाल कर्णले

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय सम्हाल्दै छन् । यसरी तीन मन्त्रालयको जिम्मेवारी खोसिएसँगै वर्तमान मन्त्रीहरु मन्त्रालयविहीन भएका छन् ।

अब उनीहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कसरी व्यवस्थापन गर्लान् भन्ने रहेको छ । हाल प्रधानमन्त्री जसपाले पाएको ८ मध्ये ५ मन्त्रालय आफूले नै चलाउँदै आएका छन् ।

२०७८ जेष्ठ २१, शुक्रबार १९:१९ गते 0 Minutes 514 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार