२०७८ कार्तिक ८ सोमबार

पुदिनाको सेवन बाट हुने अचम्मैको ८ फाइदाहरु ।

स्वास्थ्य : गाढा हरियो रंगको तुलसी जस्तै स–साना पात हुने पुदिना वा पतिना प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको वनस्पति हो ।

पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा प्रायः पाइन्छ । बाह्ै महिना चिसो स्थान ठाउँमा भइरहने प्रायः गर्मीतिर फुल्ने गर्दछ । अचार, तरकारी आदिको रुपमा प्रयोग गरिने पुदिना ताजा एवं सुकाएर दुबै रूपमा प्रयोग गर्न सकिन्छ ।

आयुर्वेदिक भनाइमा पुदिना स्वेद कारक, उष्ण, दीपन, एवं वायु कफनाशक, भोक बढाउने, म,लमू,त्रजन्य रोग रोकथाम गर्ने आदि गुणले भरिएको हुन्छ । यो खोकी, अजीर्ण लगायत विविध पेटका रोगहरुमा गुणकारी छ ।विभिन्न रोगमा पुदिनाको प्रयोग :

१. अपच – दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ५/६ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच भएको अवस्थामा फाईदा हुन्छ ।

२.पेट फुल्ने -पेट फुल्ने वा अजी’र्ण भएमा पुदिनाको १–२ चम्चा रस, केही मात्रामा बीरे’नून राखी ४ गुणा मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ ।

३. पुदिनाको ताजा वा सुकेको पातलाई चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा क्यान्सरको शुरु अवस्थामा यसले औषधि जस्तै काम गर्दछ । दिनको १०/१५ वटा ताजा पातलाई थिचेर पानीमा मिसाई मह वा थोरै कागती र नून मिसाई दिनको २–३ पटक केही महिनासम्म खुवाउन सकिन्छ ।

४.का’टेको घा’उमा – कुनै अंगमा घाउ भएमा वा का’टेको ठाउँमा रग’त बग्न नरोकिएमा घा’उ सफा गरी पुदिनाको पातलाई राम्ररी पखाल्ने र त्यसको रस निकाली लगाउँदा घाउमा रगत थामिन्छ र छिटो निको पार्न समेत मद्दत गर्छ ।

५. मु’र्छा – सामान्य कारणले कुनै व्यक्ति मु’र्छा वा बेहोस् भएको छ भने पुदिनाको पातलाई माडेर केहीबेर सुँघाइदिँदा होस आउँछ ।

६. ज्व’रो – पुदिनाको रस निकाली आधादेखि २ चम्चासम्म रसलाई पानी मिसाई खानदिँदा ज्व’रो घटद्छ ।

७. पेट दुखाइ – पुदिनाको पातलाई पानीमा पकाउँने, पानी सुकेर रहेको चौथाइ मात्रालाई विहा’न पिउँदा पेटको दुखा’इमा आराम हुन्छ ।

८. दम र खोकी – पुदिनाको पात पानीमा पकाइ पिउँदा दम र खोकीमा सुधार हुन्छ । घाँटी बढी खसखस भएर खोकी लागेमा पनि यसको प्रयोगले फाइदा पुग्छ । एजेन्सीको सहयोगमा

२०७८ जेष्ठ २२, शनिबार ०५:१७ गते 1 Minute 865 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार