२०७८ आश्विन १ शुक्रबार

ताइपेई माथिको शानदार जितपछि यस्तो भन्छन् नेपाली टिमका प्रशिक्षक ।

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दु’ल्लाह अल्मुताइरीले एसियाली विश्वकप छनोट समूह ‘बी’मा चिनियाँ ताइपेईवि’रुद्धको जितपछि आफ्नो प्रतिक्रिया दिएका छन् ।

उनले यो जित कोरोना महामारी रोकथामका लागि फ्रन्ट’लाइनमा रहेका स्वास्थ्यकर्मीलाई समर्पित गरे । ‘चिनियाँ ताइपेईले पनि आज निकै राम्रो खेल्यो । खेल निकै महत्त्वपूर्ण थियो र यसमा विपक्षी टिमलाई आश्चर्यमा पार्न हामीले नेपाली टिममा केही

परिवर्तन गरेका थियौं,’ उनले थपे, ‘खेल निकै प्रति’स्पर्धात्मक रह्यो र हाम्रो टिम उत्तिकै महत्त्वपूर्ण रह्यो,’ अल्मुताइरीले भर्चुअल पोस्ट म्याच कन्फ्रेन्समा भने । नेपालले चिनियाँ ताइपेईमाथि २-० को प्रभा’वशाली जित निकालेको हो ।

नेपालको जितमा लागि अञ्जन विष्ट र नवयुग श्रेष्ठले गोल गरे । नेपालले पहिलो हाफको चौथो मिनेटमै गोल गर्न सफल भयो । पेनाल्टीमार्फत् नेपाललाई अञ्जनले अग्रता दिलाए ।

दोस्रो लेगमा भने ताइपेईका खेलाडी चेङ हाउले आफ्नो पेनाल्टी एरियामा बल ह्यान्ड गरेपछि नेपालले पेना’ल्टी प्राप्त गरेको हो । र, त्यसमा अञ्जनले सजिलै गोल गरे । दोस्रो गोल नवयुगले गरे ।

उनले खेलको ८१औँ मिनेटमा गलोन गर्दै नेपाललाई २-० ले अग्रता दिलाए । को’भिड सं’क्रमण महामा’रीकै कारण नेपालले आफ्नो घरेलु मैदानमा हुनुपर्ने खेल खेल्न पाएको छैन । अहिले कुवेतमा खेलिरहेको छ । -डडेल्धुरा न्युज

२०७८ जेष्ठ २२, शनिबार १०:०६ गते 1 Minute 345 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार