शनिबार , जेठ २९, २०७८

युरोप–अमेरिकालाई उछिनेर ३० वर्ष अगाडि पुग्ने प्रविधि चीनले विकास ग’र्‍यो ।

जेठ २२, २०७८ शनिबार 271

काठमाडौं : चीनले युरोप–अमेरिकालाई उछिन्दै ती देशहरुभन्दा आफू ३० वर्षसम्म अगाडि पुग्ने प्रविधिको विकास गरेको छ । चीनले भविष्यमा उड्ने हाइप’रसोनिक वि’मानहरुको परी\क्षणको लागि हाइप’रसोनिङ सुरुङ बनाउन थालेको छ ।

यो सुरुङमा वि’मानहरुको परीक्षण २३ हजार माइल प्रतिघण्टा अर्थात ३७ हजार १३ किलोमिटर प्रतिघण्टाको गतिमा गरिनेछ । चाइनिज एकेडेमी अफ साइ’न्सेजका शो’धकर्ता हान गुइलइले यो जेएफ – २२ सुरुङमा विमानको परीक्षण ध्वनीको गतिको ३० गुणा अधिक गतिमा गरिने बताए ।

साउथ चाइना मर्निङ पोस्टको एक रि’पोर्टअनुसार शोध’कर्ता गुइलइले एक अनलाइन व्याख्यानमा भनेका छन् ‘यो शोधको साथमा चीन युरोप, अमेरिका जस्ता अरु शक्तिभन्दा लगभग २० देखि ३० वर्ष अगाडि हुनेछ ।’चीन, अमेरिका, रुसजस्ता देशले मि’साइलसहित हाइप’रसोनिक प्रौद्योगिकीको विकासमा ठूलो लगानी गरेका छन् ।

यो नयाँ प्रविधिले यस्तो सुपर’फास्ट जेट बनाउन सकिन्छ जसले पृथ्वीको कुनै पनि एक ठाउँबाट अर्को ठाउँसम्मको दूरी २ घण्टाभन्दा कम समयमा तय गर्न सक्छ ।

सजिलो शब्दमा भन्नुपर्दा यो प्रवि’धियुक्त जेटलाई पृथ्वीमा रहेका दुई स्थानहरु जतिसुकै टाढा भए पनि ती दुई स्थानबीचको दूरी पार गर्न २ घण्टा पनि समय लाग्ने छैन । सीधा बाटोबाट उड्ने हो भने यो विमानले १ घण्टामा पृथ्वीको ३ चक्कर लगाउन सक्छ ।

पृथ्वीको व्यास १२ हजार ७१४ किलोमिटर छ र यो विमानको गति एक घण्टामा ३७ हजार १३ किलोमिटर छ जुन पृथ्वीको व्यासको ३ गुणा हुन आउँछ । यो प्रविधिको विकासपछि अन्तरिक्षमा पठाइने यानको लागतमा पनि ९० प्रतिशत क’टौती हुन सक्छ जसले आम सर्वसाधारणका लागि पनि अन्तरिक्ष यात्रा सम्भव हुन सक्नेछ ।

चीनको आइपर’सोनिक एजेन्सी इन्स्टि’च्युट अफ मेकानिक्समा काम गर्ने गुइलइका अनुसार यति तीब्र गतिमा यात्रा गर्ने जेटको तापक्रम १० हजार डिग्री सेल्सिय’रससम्म पुग्न सक्छ र यसले हावाका अणु र परमा’णुलाई तोड्न सक्छ ।

उनले भने ‘यो हावा अब त्यो हावा होइन जुन हावामा हामीले सास फेर्छौं । हामी जुन उड्ने वाहनको अध्ययन गरिरहेका छौं त्यो हिलोमा पौ’डी खेल्नु जस्तै हो ।’ यो विंड टनलले चीनलाई प्रोद्यौगिकीको साथमा अघि बढ्न सहयोग गरेको छ । गुइलइका अनुसार चीनले यान्त्रिक कम्प्रे’सरको प्रयोग गर्नुको सट्टा उच्च

गति वायु प्रवाह उत्पन्न गर्नको लागि रासा’यनिक वि’ष्फोटहरुको प्रयोग गरिरहेको छ । जेएफ–२२ मा इन्धन एक नियमित ग्यास चुलोको तुलनामा १०० मिलियन गु’णा छिटो जल्छ र यसले जेटद्वा’रा हाइपर’भेलोसिटीको अनुभव समान श’कवेभ उत्पन्न गर्छ ।

लेन्स २ नाम दिइएको अमेरिकाको सबैभन्दा उन्नत हाइ’परसोनिक सुरुङमा उडानहरु ३० मिलिसेकेण्डसम्म चल्छन् । यसको तुलनामा जेएफ–२२ को औसत उडान १३० मिलिसेकेण्डसम्म पुग्न सक्छ ।

गुइलइले भने ‘हाम्रो शोधको समय अन्य देशको तुलनामा धेरै लामो छ । त्यसैले विमानको मोडल पनि उनीहरुको भन्दा ठूलो हुन सक्छ र शोध पनि उनीहरुको तुलनामा अधिक उन्नत हुन सक्छ । यसले विश्वमा हाम्रो अग्र’णी स्थितिलाई नि’र्धारित गर्छ ।’ -डिसि नेपाल

प्रतिकृया दिनुहोस्