२०७८ आश्विन १३ बुधबार

सरकारले फेरी बढायो पेट्रोलियम पदार्थको मूल्य, अब प्रति लिटर !

काठमाडौं : पेट्रोलियम पदार्थको भाउ फेरि बढेको छ। इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार आजदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थको मुल्य बढाएको नेपाल आयल निगमले जनाएको छ।

निगमकाअनुसार पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन (आन्तरिक) को मूल्य लिटरमा दुई रुपैयाँले बढेको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२३ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ पुगेको छ।

त्यस्तै आन्तरिक उडानतर्फको हवाइ इन्धनको मूल्य ७८ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ। खाना पकाउने ग्याँस र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य भने यथावत छ ।भारतीय आयल निगमले पठाएको मूल्य अनुसार

१५ दिनमा १ अर्ब १० करोड घाटा हुने अवस्था आएपछि मूल्य वृद्धि गरिएको निगमको दाबी छ । अझै पनि १५ दिनमा ७१ करोड रुपैयाँ घाटा रहेको निमगका प्रवक्ता विनितमणि

उपाध्याय बताउँछन् । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य निरन्तर रुपले बढेकाले भारतीय आयल कर्पोरेशनले पनि मुल्य बढाएर नयाँ मुल्य सुची पठाएको निगमले जनाएको छ।

२०७८ जेष्ठ २२, शनिबार २३:१३ गते 0 Minutes 470 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार