२०७८ कार्तिक ११ बिहीबार

भारतमा दुई महिनायताकै सबैभन्दा कम दैनिक कोभिड–१९ संक्र-मण, मृ’त्यु संख्यामा पनि कमी ।

एजेन्सी : भारतमा विगत २४ घण्टामा को’रोनाभा’इरस (को’भिड–१९) बाट एक लाख १४ हजार व्यक्ति सं’क्रमित भेटिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्या’ण मन्त्रालयले जनाएको छ ।

को’भिड–१९ को दोस्रो लहरको मध्यमा दैनिक चार लाखभन्दा बढी सं’क्रमित भेटिएकामा पछिल्लो संख्या विगत दुई महिनायताकै सबैभन्दा कम दैनिक सं’क्रमण हो । भारतमा यो सहित कूल दुई करोड ८८ लाख व्यक्ति को’भिड सं’क्रमित भएका छन् जसमध्ये दुई करोड ७० लाख संक्र’मणमुक्त भएका छन् ।

को’भिड–१९ को दोस्रो लहरबाट सर्वाधिक असर परेको भारतमा विगत २४ घण्टामा थप दुई हजार ६७७ जनाको ज्या’न गएको मन्त्रालयको भनाई छ । यो सहित भारतमा को’भिड–१९ को संक्र’मणबाट ज्या’न गु’माउनेको संख्या तीन लाख ४६ हजार ७५९ पुगेको छ ।

भारतमा अझै पनि १४ लाख ७८ हजार व्यक्ति सक्रिय सं’क्रमित अवस्थामा छन् । विगत २४ घण्टामा कूल सक्रिय संक्र’मितको संख्यामा ७७ हजारले कमी आएको छ । विगत केही दिनदेखि सक्रिय सं’क्रमितको संख्यामा पनि कमी आउन थालेको मन्त्रालयले जनाएको छ ।

गत जनवरी १६ बाट खो’प लगाउन थालेको भारतमा हालसम्म २३ करोड १० लाख डोज खोप लगाइएको छ । यसैबीच, भारतीय स्वास्थ्य अनुस’न्धान परिषदले देशभर हालसम्म ३६ करोड ४० लाख नमुना परी’क्षण गरेको जनाएको छ ।

२०७८ जेष्ठ २३, आईतवार १७:२९ गते 1 Minute 521 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार